Movatterモバイル変換


[0]ホーム

URL:


हाम्रो बारेमा
शुक्रबार, चैत १५, २०८१Fri, Mar 28, 2025
स्पोर्टस लाइभ
1140x725

काठमाडौं– विभिन्न १५ विदेशी कविका नेपालीमा अनुवाद गरिएका कविताहरुको संग्रह ‘मनपरेका केही कविता’ सार्वजनिक गरिएको छ।

कवि सुमन पोखरेलले अनुवाद गरेका कविताहरुको कृति शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सार्वजनिक गरे। 

कृति सार्वजनिकरणपछि दोस्रो चरणमा लेखक तथा पत्रकार दीपक सापकोटाले कविहरु विप्लव प्रतीक, मोमिला, अनुवाद कर्ममा सक्रिय बलराम अधिकारी र अनुवादक पोखरेलसँग अनुवादका सीमा र शक्तिबारे अन्तरक्रिया गरे। 

सो क्रममा अधिकारीले अनुवाद पृथक् सिर्जनाभन्दा पनि अनुसिर्जना भएको र त्यसका लागि अनुवादकमा काव्यिक पर्यावरणको पर्याप्त ज्ञान हुनुपर्ने धारणा राखे। त्यस्तै, कवि प्रतीकले नेपाली साहित्यमा हुनेगरेका अनुवादमा कृतिमाथि अपेक्षाकृत न्याय हुन नसकेको टिप्पणी गर्दै नेपाली साहित्य पनि मूल कृतिको आत्मा नमर्ने गरी अनूदित गर्न सकिएमा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित हुनसक्ने बताए।

अर्का वक्ता कवि मोमिलाले यो संग्रह शब्दभन्दा पनि मूल कविताको भाव र आत्मामा बढी केन्द्रित भएर अनुवाद गरिएको बताइन्। उनले भनिन्, ‘संग्रहका कविताहरु नेपाली कविता भएर आएका छन्, यो नै कृतिको सुन्दर पक्ष हो।’

Ncell 2
Ncell 2

कवि दिवसले नेपाली साहित्यिक बजारमा अनुवाद जति र जसरी हुनुपर्ने हो त्यति र त्यसरी हुन नसकेको टिप्पणी गर्दै यसका लागि व्यक्तिगत नभई सामूहिक तथा संस्थागत पहलको खाँचो रहेको औंल्याए। 

कवि पोखरेलले कविताको प्राविधिकता र सिर्जनाबीच सन्तुलन कायम राखेर आफूले कविताहरुको अनुवाद गरेको बताए। 

कृतिमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारुखजाद, महमुद दरविस, येहुदा अमिसाई तथा सिल्भिया प्लाथका गरी ६४ वटा कविता समेटिएका छन्।  

shivam cement
shivam cement

शिखा बुक्सले प्रकाशन गरेको संग्रहको मूल्य २ सय ५० रुपैयाँ राखिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाईnepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचारसबै
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सबै हेर्नुहोस
ट्रेण्डिङ
सबै हेर्नुहोस
विचारसबैसबै हेर्नुहोस
लोकप्रिय
सबै हेर्नुहोस

[8]ページ先頭

©2009-2025 Movatter.jp