शकिरा इसाबेल मेबारक रिपोल (जन्म २ फेब्रुअरी १९७७)[२] वाशकिरा(उच्चारण/ʃəˈkɪərə/,स्पेनी: [tʃaˈkiɾa] or[ʃaˈkiɾa])[३] एक कोलम्बियन गायिका, गीतकार, संगीतकार, रेकर्ड निर्माता, नर्तक, र परोपकारी हुन । उनी १९९० को दशकमा कोलम्बिया र ल्याटिन अमेरिकाको सांगितिक क्षेत्रमा उदाएकी थिईन । कोलम्बियाको ब्यारेन्क्विलामा जन्मिएर त्यहींबाट उदायकी शकीराले स्कूलमा एक लाईभ कलाकारको रूपमा, उनको बेल्लीडान्सको लच्काई सहित रक एन्ड रोल, ल्याटिन र मध्य पूर्वी संगितमा आफ्नो आवाजको क्षमताको प्रदर्शन गर्दै आफ्नो प्रतिभा सार्वजनिक गरेकि छन् । शकिराको मातृभषा स्पेनिश भएता पनि उनी स्पष्ट अङ्ग्रेजी र पोर्चुगिजका साथै केही इटालियन, फ्रेन्च र अरबी भाषा पनि बोल्छिन् ।[४]
स्थानीय निर्माताहरू सँग गरेको आफ्नो पहिलो दुई एल्बमहरूमा विज्ञापनिक असफलता पछि र जुन कोलम्बिया बाहिर केही परिचित भए पश्चात, शकिराले आफ्नो ब्राण्डको संगीतको निर्माण गर्नको निर्णय गरिन। १९९५मा उनलेपीएस देस्काल्जोस लोकार्पण गरिन, जसले उनलाईल्याटिन अमेरिका रस्पेनमा खूब प्रसिद्धि दिलायो। उनको १९९८को एल्बम¿दोंदे एस्तन लोस लाद्रोनेस?ले विश्वभरीमा ७० लाख भन्दाबढि प्रति बिक्रि गरेर एक महत्त्वपूर्ण सफलता हासिल गर्यो।[५] सन् २००१मालण्ड्री सर्भिस एल्बमको लोकार्पण गरेर उनीअङ्ग्रेजी-बोल्ने संसारमा प्रवेश गरिन। यस एल्बमले १ करोड ३ लाख भन्दा बढि प्रतिहरू बिक्रि गर्यो। यसको एकलसंगीत भिडियो "ह्वेनेवर, ह्वेयरेवर"ले २००२को सर्वाधिक चर्चित गित बन्यो।[६][७] चार वर्ष पछि शकीराले दुई एल्बम परियोजनाहरूफिजासिओं ओरल भोल. १ रओरल फिक्सेशन भोल. २ लोकार्पण गरिन। दुवै एल्बमले, विशेष रूपमा २०००को सबैभन्दा सफल गीत "हिप्स डन्ट लाई"का साथ उनको सफलतालाई बल दिए।[८]
१९९५मा शकिराले पीएस देस्काल्जोस फाउन्डेसनको स्थापना गरिन। यो कोलम्बिया वरीपरी गरीब विद्यार्थीहरूको लागि विशेष विद्यालय निर्माण गरिदिने कोलम्बियन संस्था हो। आफ्नो क्यारियरको क्रममा शकिराले धेरै संख्यामा परोपकारी जलसाहरूमा प्रस्तुति गरिसकेकि छन। यस मध्य जुलाई २००५को लाई भ एट कन्सर्ट, पेरिस र लाई भ अर्थ कन्सर्ट, ह्याम्बर्ग प्रसिद्ध हुन। यि कन्सर्टमा उनले तत्कालिन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बिल क्लिन्टन द्वारा स्थापित क्लिन्टन फाउन्डेसनको साथ साथै शोलाई चर्चामा ल्याईन। शकिरा फेब्रुअरी २०१०मा राष्ट्रपति बाराक ओबामा द्वारा बाल्यकालको विकासको बारेमा छलफलको लागि ओभल अफिसमा आमन्त्रित भईन।[९]
उनले दुईवटाग्रेमी अवार्ड[६], सातवटाल्याटिन ग्रेमी अवार्ड[६] र एघारवटा बिलबोर्ड ल्याटिन म्यूजिक अवार्ड[६] जीत्नुका साथैगोल्डन ग्लोबको लागि मनोनयनमा पनि परेकि थिईन।[६] बिएमआइको अनुसार उनी आज सम्मको सर्वाधिक-बिक्री वाला कोलम्बियन कलाकार र ग्लोरिया स्टेफन पछि दोस्रो सबैभन्दा सफल महिला ल्याटिन गायिका हुन, जसको विश्वमा ५ करोड भन्दा अधिक एल्बम बिक्रि भएका छन्।[१०]
२००९को शुरुवात सँगै शकिराले आफ्नो छैठौ एल्बमसि वल्फको लोकार्पण गरिन। शकिराको गित "वाका वाका (दिस टाइम फर अफ्रिका)" २०१०को फिफा विश्वकपको आधिकारीक गानको रूपमा छनौट भयो।[११] यो गीतले विशवमा अहिले सम्म कै सबैभन्दा उत्कृष्ट विश्वकप गानको रूपमा चर्चा पायो।[१२][१२] यसको अङ्ग्रेजी भाषाको गित यूट्युबमा ३० करोड भन्दा बढि दर्शकले हेरेपछि सबैभन्दा बढि हेरिएको तेस्रो गित बन्यो।[१३] उनको सातें स्टुडियो एल्बम साले एल सोल अक्टुबर २०१०मा लोकार्पण भयो।[१४]
शकिराको जन्म २ फेब्रुअरी १९७७कोब्यारेन्क्विला,कोलम्बियामा भएको थियो। उनीलेबनानी(अरब) (फोएनिसियन),स्पेनिश (काटालान) रइटालीयन मूलका निदया डेल कारमेन रिनपोल तोर्रदो र विलियम मेबारक क्यानडिडको एक्लो सन्तान हुन।[२][१५][१६] उनको बुबाको अघिल्लो श्रीमती तर्फका आठ जना सौतेनि दाजु र दिदीहरू छन।[१७]शकिराको अर्थ अरबी भाषामा "आभारी" हुन्छ।[१८][१९] यो नामशाकिर नामको स्त्री रूप हो। उनको दोस्रो नाम, इसाबेल पनि उनको हजुरआमाको नाम हो र उनको दोस्रो उपनामरिपोल,काटालन शब्द हो।
कोलम्बियाको ब्यारेन्क्विलामा शकीराको प्रतिमा
उनले आफ्नो बाल्यकालको ज्यादातर समय उत्तरी कोलम्बियामा स्थित एक शहरब्यारेन्क्विलामा बिताईन। शकिराले चार वर्षको उमेरमा आफ्नो पहिलो "रोजा डे ला क्रिस्टल" ("द क्रिस्टल रोज")कविता लेखिन। जब उनी ठूली हुँदै गईन तब उनी आफ्नो बुबालाईटाइपराइटरमा कथा लेख्दै गरको हेरेर मोहित हुन्थिन र उनले बुबा सँग क्रिसमस उपहारको रूपमा एक टाइपराइटरको माग गरिन। सात वर्षको हुँदा उनको इच्छा पुरा भयो र उनले कविता लेख्न शुरु गरिन। यि कविताहरू गीतको रूपमा विकसित भए। दुई वर्षको उमेरमा शकिराका एक सौतेनि दाजुकोमोटरसाइकल दुर्घटनामा मृत्यु भयो। यो दु:खलाई लुकाउन उनको बुबाले वर्षौं सम्मकालो चश्मा लगाएको कुराबाट प्रभावित भई आठ वर्षको उमेरमा उनले "टस गफास ओस्कुरस" ("योर डार्क ग्लासेस") शीर्षकको आफ्नो पहिलो गीत लेखेकि थिईन।
शकिरा चार वर्षकि हुँदा उनको बुबाले उनलाई एक स्थानीयमिडिल इस्टर्न रेस्टुरेन्टमा लिएर गए, जहाँ शकिराले पहिलो पल्टबेली डान्सको साथमाअरबी संगीतमा बजाईनेडम्बेक नामक एक पारम्परिकढोलको आवाजको सुनिन।[२०] यसलाई सम्झनु भन्दा पहिले नै शकीरा टेबलमा नाच्न लागिन र त्यसपछि मात्र उनले उनलाई एक कलाकार बन्नु छ भन्ने कुरा महशुस गरिन। उनलाई आफ्नो क्याथोलिक स्कूलमा आफ्नो सहपाठिहरू र अध्यापकहरू लागि (र भक्तिनीहरूको लागि पनि) गायन गरेर मजा लिन्थिन तर दोस्रो तहमा स्कूलको गायक-समूहको लागि हुने चुनावमा उनकोकण्ठ-स्वर धेरै कडा भएकोले उनलाई लिइएन। संगीत शिक्षकले उनलाई उनको आवाज बाख्राको जस्तो छ भने।[२०][२१] उनी भन्छिन कि "प्रत्येक शुक्रवार उनी स्कूलमा आफुले सिकेको नृत्य प्रश्तुत गर्ने हुनाले उनी स्कूलमा "बेली डान्सर गर्ल"को रूपमा चर्चित थिईन।[२०] त्यहि तरिकाबाट मैले आफ्नो भित्र लाई व प्रश्तुति गर्ने साहसको प्राप्त गरे।"[२२]
शकिरा आठ वर्षको हुँदा उनका बुबा टाट पल्टिए। यसबेला उनीलसएन्जल्समा आफन्तकोमा बस्दै आएकि थिईन्। ब्यारेन्क्विला फर्किंदा आफ्नो अभिभाकको सम्पूर्ण धन-सम्पत्ति बेचिई सकेको देखेर उनलाई जोडदार झट्का लाग्यो; पछि उनले भनेकी थिईन, "मेरो बाल-बुद्धिमा यो नै दुनियाँको अन्त्य जस्तै लागेको थियो।"[१७] उनलाई अवस्था कति सम्म खराब हुन सक्छ भन्ने देखाउनको लागि उनको बुबाले अनाथहरू बस्ने एक स्थानीय पार्कमा लगे। यसको तस्बीर उनको मनमा गढयो र उनले मनमनै सोचिन कि "जबमा एक प्रख्यात कलाकार बन्छु तब यिनीहरूलाई सहयोग गर्नेछु।"[१७] दश देखि तेह्र वर्षको उमेरको बीचमा शकिरालाई ब्यारेन्क्विलामा विभिन्न कार्यक्रमहरूमा आमन्त्रित गरियो र यस क्षेत्रमा उनलाई आफ्नो परिचय दिने अवसर मिल्यो।[२३] यसै समयमा उनले स्थानीय थियेटर निर्माता मोनिका अरिजालाई भेटिन, जो उनी सँग प्रभावित भएर उनलको क्यारियरमा मद्दत गर्ने कोसिस गरिन। ब्यारेन्क्विला देखिबोगोटाको लागि उडानको क्रममा अरिजालेसोनीकोलम्बिया (Sony Colombia)का कार्यकारी कीरो वर्गासलाई एउटा होटेलको लबीमा शकिराको अडिसन लिन सहमत गराईन। वर्गासले शकीरालाई धेरै सम्मान गरे र सोनीको कार्यालयमा फर्किएर उनले एक गीत र कलाकार निर्देशकलाई उनको क्यासेट दिए। तथापी, निर्देशक धेरै ज्यादा उत्साहित भएनन र शकिरालाई बेकामकि भन्ने सोचे। वर्गास हतोत्साहित भएनन, उनले फेरि शकिरामा प्रतिभा छ भन्ने विश्वास दिलाउदै बोगोटामा एउटा अडिसन गराए। उनले शकीराको प्रदर्शनले आश्चर्यमा पारोस भन्ने सोचेर सोनी कोलम्बियाका अधिकारीहरूलाई उक्त अडिसनमा आउने व्यवस्था मिलाए। शकिराले अधिकारीहरू समक्ष तीन वटा गीतहरू प्रश्तुत गरिन र यसबाट प्रभावित भएर उनीहरूले शकिरालाई तीनवटा एल्बमहरू रेकर्ड गर्नको लागि सम्झौता गरे।[२४]
शकिरा तेर्ह वर्षकि मात्र हुँदासोनी म्यूजिक कोलम्बियाको सहयोगमा उनकोपहिलो एल्बम,म्याजिया १९९०मा रेकर्ड गरियो। यसमा उनले आठ वर्षको उमेरमा लेखेका गितहरूको सङ्ग्रह समावेश छन। यि गितहरूपप रकगीत र इलेक्ट्रनिक संगित वालाडिस्कोको मिश्रण थियो तर यो रेकर्डिङग र प्रोडक्शनमा सामन्जस्यको कमीको कारण यसको एकदम नोक्सानी भयो। "म्याजिया" र तीन अन्य एकलहरू गितहरू समावेश यो एल्बम १९९१मा लोकार्पण गरियो। हुनत कोलम्बिया रेडियोमा यसको प्रदर्शन एकदम राम्रो थियो र यसले युवा शकिरालाई धेरै चर्चित बनायो, तर विश्वभरीमा केवल १,२००प्रति मात्र बिक्रि गर्न सफल भएकोले यो एल्बम व्यावसायिक रूपमा राम्रो साबित भएन।[२०] म्याजियाको खराब प्रदर्शन पछि शकिराको लेबलले उनलाई स्टूडियोमा फिर्ता गएर दोस्रो फलि-अप रेकर्ड लोकार्पण गर्न आग्रह गरे। शकिरा आफ्नो देश कोलम्बिया बाहिर कम चर्चित भएता पनि उनलाई फेब्रुअरी १९९३मा चिलीकोविना डेल मार इन्टरनेशनल सङ्ग फेस्टिवलमा प्रश्तुति गर्नको लागि आमन्त्रित गरियो। यस फेस्टिवलमा इच्छुक ल्याटिन अमेरिकी गायकहरूलाई आफ्नो गितहरू प्रस्तुत गर्ने मौका दिइएको थियो र पछि निर्णयकर्ताको एक समूहद्वारा यसको विजेता चुनियो। शकिराले गाथागीत (ब्यालड) "एरेस" प्रस्तुत गरेर तेस्रो स्थानको ट्रफी जितिन। उनको पक्षमा मत दिने न्यायाधीशहरू मध्य एक त्यसबेलाका २० वर्षियरिकी मार्टिन थिए।[६]
शकिराको दोस्रो स्टूडियो एल्बमपेलिग्रो त्यहि शैलीमा नै १९९३मा लोकार्पण गरियो, तर उनी यसको अन्तिम परिणाम, मुख्य रूपले प्रोडक्शनको मामलामा सन्तुष्ट भईनन्। शकिराले यस एल्बमको प्रचारमा अस्वीकार गरेपछि यो पनि व्यावसायिक रूपमा असफल मानिएता पनि यस एल्बमलाईम्याजिया भन्दा राम्रो तरिकाले लिईयो। यसपछि शकिरालेहाई स्कूल स्नातक गर्नको लागि रेकर्डिङगबाट केही समयको छुट्टि लिने फैसला गरिन। त्यसै वर्ष शकिराले कोलम्बियन टिभी शृङ्खला "द ओएसिस"मा अभिनय गरिन जुन केही हद सम्म १९८५कोअरमेरो बियोगमा आधारित थियो।[२५]
शकिराले १९९५मा एल्बम सङ्कलन "नुएस्त्रो रक"को लागि मूल:¿दोन्दे एस्तस कोराजोन? गीतको रेकर्ड गरेकि थिईन (पछि उनको एल्बम पीएस देस्काल्जोसमा जारी भयो), जुन विशेष रूपले कोलम्बियामा लोकार्पण गरियो।[२६] उत्कृष्ट एकल गितहरू "एस्टोइ एक्वी", "पीएस देस्काल्जोस, सुएनोस ब्लान्कोस", ¿दोन्दे एस्तस कोराजोन? जस्ता गितहरूले गर्दा पीएस देस्काल्जोस एल्बमले उनलाई ल्याटिन अमेरिकामा अत्याधिक चर्चित बनायो।[६] शकिराले पोर्चुगिज शीर्षकमा "एस्टोउ एक्वी", "अम पाउको दे आमोर" र "पेस देस्काल्कोस" जस्ता तीनवटा ट्र्याकहरू पनि रेकर्ड गरिन।
शकिरा १९९५मा विभिन्न देशहरूको संगीतको प्रभावको रऐलानिस मोरिसेट-उन्मुख व्यक्तित्व उपयोग गर्दै लुई एफ. ओचोया सँग सोनी म्यूजिक अन्तर्गत रेकर्डिङ्गमा फिर्ता भईन। यसले उनको अर्को केही एल्बमहरूलाई सम्म प्रभावित गर्यो।[२७] यस रेकर्डिङले उनको तेस्रो स्टूडियो एल्बम तथा पहिलो आधिकारिक एल्बमपीएस देस्काल्जोस(अङ्ग्रेजी:Bare feet) जन्म दियो। उनको एकल¿दोन्दे एस्तस कोराजोन?को सफलता पछि एल्बमको रेकर्डिङ्ग फेब्रुअरी १९९५मा शुरू भयो। सोनीले १००,००० भन्दा बढि बिक्रि हुने अनुमान गरी एल्बम तैयार गर्नको लागि शकिरालाई १००,००० डलर दियो। यस एल्बमको शुरूवात सँगै शकीराले आफ्नो गायनमा सुधार गरेर तथा सबैभन्दा मुख्य आफ्नो संगीतमा रचनात्मक नियन्त्रणको अभ्यास गरेर आफ्नो संगीत तैयार गर्न शुरू गरिन। अमेरिकाको वैकल्पिक बजार र ब्रिटिश समूहहरू जस्तैद प्रिटेंडर्सबाट प्रभावित यो एल्बम ६ अक्टूबर १९९५माबोगोटामा ला केस्टेलियन थियेटरको साना हलमा देखाइयो। एल्बमको धुन मधुर, संगीत विस्मित गर्ने र टटका तथा गीत बौद्धिक र एक इलेक्ट्रनिक/ध्वनिक मिश्रण छ जसमा प्रभावी ढङ्गले ल्याटिन पपको ढर्रेको एक प्रामाणिक ध्वनि देखि तोडाइएको छ, जुन पहिले हैन सुना गएको थियो।
पीएस देस्काल्जोस एल्बम अक्टुबर १९९५मा दक्षिण अमेरिकामा र १३ फेब्रुअरी १९९६मा अन्तर्राष्ट्रिय स्तरमा लोकार्पण भयो। यसले विभिन्न आठ देशहरूमा #१मा शुरुवात गरे पनि अमेरिकिबिलबोर्ड २००मा एल्बम १८० नं.मा पुगयो र अमेरीकिबिलबोर्ड टप ल्याटिन एल्बम्समा ५औं स्थान सम्म पुग्यो। एल्बममा अमेरिकि ल्याटिन चार्टमा दोस्रो स्थानमा पुगेकोइस्टोइ एक्वी, अमेरिकि ल्याटिन चार्टमा पाँचौ स्थानमा पुगेको¿दोंदे एस्तस कोराजोन?, अमेरिकि ल्याटिन चार्टमा छैटौँ स्थानमा पुगेकोअन पोको डे अमोर, अमेरिकि ल्याटिन चार्टमा एघारौँ स्थानमा पुगेकोपीएस देस्काल्जोस, सुएनोस ब्लान्कोस, अमेरिकि ल्याटिन चार्टमा पन्ध्रौ स्थानमा पुगेकोएन्टोलोजिया र अमेरिकि ल्याटिन चार्टमा आठौ स्थानमा पुगेकोसे क्वैरी, देखि माटालगायतका गितहरू समावेश छन।.[२८] अगस्ट १९९६माRIAAले एल्बमलाई प्लाटिनम स्तरको एल्बमको रूपमा प्रमाणित गर्यो।[२९]
मार्च १९९६मा शकीरा "टूर पीएस देस्काल्जोस" नामको आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रामा निस्किईन। यस यात्रामा २० वटा शोहरू संलग्न थिए र यो शो १९९७मा समाप्त भयो। यसै वर्ष शकिरालाई पीएस देस्काल्जोसको लागि तीनवटा वर्षको सर्वोत्कृष्ट एल्बमको लागिबिलबोर्ड ल्याटिन म्यूजिक अवार्ड, "इस्टोइ एक्वी"को लागि वर्षको सर्वोत्कृष्ट भिडियो रबेस्ट न्यू आर्टिस्ट प्राप्त भयो।[३०]पीएस देस्काल्जोसको ५० लाख भन्दा धेरै प्रतिहरू बिक्रि भयो,[३१][३२] जसबाट प्रोत्साहित भएरद रीमिक्सेस शीर्षकको एक रीमिक्स एल्बम जारी गरियो।द रीमिक्सेसमा पनि उनको केही प्रसिद्ध गीतहरूकोपोर्चुगिज संस्करण समावेश छन, जुन ब्राजिलको बजारमापीएस देस्काल्जोसको लगभग १० लाख प्रतिहरूको बिक्रिका साथ उनको सफलताको कारण रेकर्ड गरिएको थिए।[२३]
१९९८-२०००:¿दोन्दे एस्तन लोस लाद्रोनेस? र "एमटिभी अनप्लग्ड"
शकिरा आफै रइमिलियो इस्टीफनकार्यकारी निर्माता भएको उनको दोस्रो स्टुडियो एल्बम थियो -¿दोन्दे एस्तन लोस लाद्रोनेस? (अङ्ग्रेजी:व्हेयर आर द थिभ्स? ) २८ सेप्टेम्बर १९९८मा लोकारपण भयो। यो एल्बम एक विमानस्थलमा उनको आफुले लेखेको गितहरूले भरिएको सुटकेस चोरी भएको घटनाबाट प्रभावित छ। यो एल्बमपीएस देस्काल्सोस भन्दा अत्यधुक हिट साबित भयो।अल म्यूजिक ररोलिङ स्टोनले एल्बमलाई पाँचमा तारे रेटिङ चार तारा दिए। यो एल्बमअमेरिकी बिलबोर्ड २००मा # १३१को शिर्ष स्थान सम्म पुग्यो रबिलबोर्ड टप ल्याटिन एल्बमको चार्टमा ११ हप्तासम्म शीर्ष स्थानमा रहिरह्यो। यो एल्बम अमेरिकामा १,५००,००० भन्दा धेरै प्रतिहरू बिक्रि भएर यो अमेरिकाको सर्वाधिक बिक्रि भएको स्पेनिश एल्बम मध्य एक बन्यो। एल्बमको एघार ट्र्याकहरूमा आठवटा एकलहरू थिए, आठवटा एकलहरूसिएगा, सोर्दोमुदा,मोस्कास एन ला कासा रनो क्रेओ,इनएविटेबल,तु,सी ते वास,ओक्टावो डिया र विश्वप्रसिद्ध अरबी धुनयुक्तओजोस असी मध्य छवटा अमेरिकीबिलबोर्ड हट १००को सूचीमा परेका थिए। पछिका दुई गितहरूको लागि शकीराले प्रत्येकको लागि एक-एकल्याटिन ग्रेमी अवार्ड जितिन।
¿दोन्दे एस्तन लोस लाद्रोनेस?ले विश्वभरीमा ७० लाख भन्दा बढी प्रतिहरू बिक्रि गर्यो।[३३] शकिराले १९९९माबेस्ट ल्याटिन रक/अल्टरनेटिभ एल्बमको लागि पहिलो पटकग्रेमी अवार्डमा मनोनित भईन।[३४] शकिराको पहिलो लाई भ एल्बमएमटिभी अनप्लग्ड न्यु योर्क सहरमा १२ अगस्ट १९९९मा रेकर्ड गरियो। यसलाई अमेरिकी आलोचकहरूद्वारा अत्यधिक प्रसंसित यस एल्बमलाई अहिलेसम्मको सर्वोत्कृष्ट लाई भ प्रश्तुतिको दर्जा दिईयो।[३५] यसको श्रव्य एल्बमले २००१मासर्वोत्कृष्ट ल्याटिन पप एल्बमको लागि ग्रेमी अवार्ड प्राप्त गर्यो र विश्व भरीमा ५० लाख सीडी बिक्री भयो।[३६] मार्च २०००मा शकिरालेल्याटिन अमेरिका रसंयुक्त राज्य अमेरिकाको आफ्नोटूर अन्फिबियो नामको दुई महिनाको यात्रा शुरू गरिन। अगस्ट २०००मा उनलेओजोस असीको लागि हाल-निष्क्रिय श्रेणीको पिपुल च्वाइस अवार्ड - मनपर्ने अन्तर्राष्ट्रिय कलाकारमाएमटिभी भिडियो म्यूजिक अवार्ड जितिन। ९ सेप्टेम्बर २०००मा शकिरालेल्याटिन ग्रेमी अवार्ड समारोहमाओजोस असीको प्रश्तुति गर्यो, जहाँ उनी पाँच श्रेणिहरू:एमटिभी अनप्लग्डको लागिवर्षको एल्बम (एल्बम अफ द एयर) रसर्वोत्कृष्ट पप गायन एल्बम (बेस्ट पप भोकल एल्बम),ओक्टावो डियाको लागिसर्वोत्कृष्ट स्त्री रक गायन (बेस्ट फिमेल पप भोकल पर्फर्मेन्स) र "ओजोस असी"को लागिसर्वोत्कृष्ट लघु-संगीत भिडियो (बेस्ट शर्ट फर्म म्यूजिक भिडियो)को लागि मनोनित भईन, तर उनले यिमध्ये दुईमा मात्र जीत हासिल गरिन।[३७] शकिराकोओजोस असीको प्रश्तुतिको लागि अहिले सम्मको सबैभन्दा ठूलो ल्यटिन ग्रेमी प्रश्तुति (ग्रेटेस्ट ल्यटिन ग्रेमी पर्फर्मेन्स अफ अल टाइम)को रूपमा मत प्राप्त गरिन।
¿दोंदे एस्तन लोस लाद्रोनेस? र एमटिभी अनप्लग्डको सफलता पछि शकिराले अङ्ग्रेजीमा एक अन्तर्राष्ट्रिय एल्बममा काम गर्न शुरू गरिन। अङ्ग्रेजी बजारमा स्पेनी कलाकारहरूरिकी मार्टिन रएनरिक इग्लेसिअसको अन्तर्राष्ट्रिय संगीतकोमुख्य धारामा लोकप्रियता जस्तै अन्य सफल अन्तर्राष्ट्रिय गतिविधिहरूको सहायताले एक ठूलो फट्को मारिन, जुन शकिराको करियरमा अर्को तार्किक कदम थियो र उनको लेबल थियो।[३८] शकिराले एल्बमको लागि नयाँ सामग्रीमा एक वर्ष भन्दा ज्यादा काम गरिन। "ह्वेनेवर, ह्वेयरेवर" (स्पेनिश देशहरूमा "सुएरते") शकीराको पहिलो प्रमुख एकल अङ्ग्रेजी एल्बम थियो, जुन अक्टोबर २००१मा लोकर्पण भयो। यस गीतमाचरङ्गो रप्यानपाइपसको उपकरणहरूको प्रभाव समावेसएन्डियन म्यूजिक (Andean music)को एकदम प्रभाव थियो। यस ट्र्याकको निर्माता शकिरा नै थिईन र यो प्राय सबै देशमा पहिलो स्थानमा पुग्दै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्यो।
एल्बम अङ्ग्रेजी भाषाको बजारको लागि मात्र बनाइएकोले रक र स्पेनिश नृत्य प्रभावित एल्बमलेरोलिङ्स्टोनको " उनी एकदम मुर्ख लाग्छिन" वा " अङ्ग्रेजी अनुवादमा शकिराको जादु हरायो" भन्ने टिप्पणीका साथ गीत लेख्नमा उनको अङ्ग्रेजी कमजोर रहेको आलोचनाका साथै हल्का महत्त्वपूर्ण सफलता प्राप्त गर्यो। शकिरा समकालीनअमेरिकी पप संगीतको पक्षमा लोक र रक मुलहरूलाई छोडेकोले उनको ल्याटिन प्रशंसकहरूद्वारा पनि आलोचित हुनुपर्यो। यस तथ्यको बावजूद एल्बम विश्वमा २ करोड भन्दा बढि प्रतिहरू बिक्रि गर्दै २००२को सर्वाधिक बिक्री हुने एल्बम बन्यो।[६][३९] र यस समयमा उनको करियरको सबैभन्दा सफल एल्बम बन्यो। त्यहि समयको आसपास शकिराले अङ्ग्रेजी बजारहरूमा आफ्नो प्रचारको उद्देश्यलेपेप्सीको लागि पनि चार गीतहरू: "आस्क फर मोर", "पीड मास", "नक अन माई डोर" र "पाइड एल सोल" बनाईन, जुनएक्सटेन्डेड,पेप्सी सिडीमा समावेश छन।
नोभेम्बर २००२ देखि मे २००३ सम्म ६१ वटा शोहरूका साथटूर अफ द मन्गूज नामक यात्रा शुरु गरिन। यो यात्रा विश्वभरीको लागि उनको पहिलो यात्रा थियो, जसमा उनले उत्तर र दक्षिण अमेरिकाका साथै युरोप र एसियामा समेत प्रश्तुति गरिन। अप्रिल २००२माएरोस्मिथकोएमटिभी आइकोनमा शकीराले "डूड (लुक्स लाई क अ लेडी)"को प्रश्तुति गरिन। साथै २००२मा शकीराभिएचवान डिभास लाई भ लस भेगासको लागिचेर,व्हाइट्नी हस्टन,सेलिन डियोन,मेरी जे ब्लिज,अनास्तासिया रडिक्सी चिक्सका साथ समावेश भईन। सेप्टेम्बर २००२मा शकिराले हाल-मृत इन्टरनेशनल भ्यूअर्स च्वाइस अवार्डमा "ह्वेनेवर ह्वेयरेवर"को लागि एमटिभी भिडियो म्यूजिक अवार्ड जितिन। शकिराले यसै भिडियोको स्पेनिश संस्करणको लागिसर्वोत्कृष्ट लघु संगीत भिडियो (बेस्ट शर्ट फर्म म्यूजिक भिडियो) श्रेणीमाल्याटिन ग्रेमी अवार्ड पनि जितिन। त्यसै वर्ष अक्टोबरमा उनले "सर्वोत्कृष्ट महिला कलाकार", "सर्वोत्कृष्ट पप कलाकार", "सर्वोत्कृष्ट कलाकार-उत्तर(क्षेत्र)", "वर्षको भिडियो"( "सुएरते"को लागि) र "वर्षको कलाकार"को लागि पाँचएमटिभी भिडियो म्यूजिक अवार्ड्स ल्याटिन अमेरिका जितिन। नोभेम्बर २००२मा शकिराको लेबल सोनी बिएमजी (Sony BMG)ले उनको सबैभन्दा ठूलो हिट स्पेनी सङ्कलनग्रन्देस एक्सितोस लोकार्पण गर्यो। सन २००४मा एक डिभिडि र दस-ट्र्याकहरूकोलाईभ एन्ड अफ द रेकर्ड नामक एक लाई भ एल्बम पनि लोकार्पण गरियो, जसले विश्वभरीमा ३० लाख सिडिको बिक्री कीर्तिमान स्थापित गर्यो रटूर अफ द मन्गूजलाई एक यादगार यात्रा बनायो।
ओरल फिक्जासन यात्राको क्रममा प्रश्तुति गर्दै शकिरा
शकिराको तेस्रो एल्बमको प्रचार २००३मा समाप्त भएपछि उनले नयाँ संगित रेकर्ड गर्नको लागि स्पटलाईटबाट बाहिरिने विचार गरिन। उनको चौँथो एल्बमको लागि अनेकौ संभावित दिनहरूको घोषणा भएपनि उनले २००५को शुरूमा एल्बमको शीर्षक "ओरल फिक्सेशन" र यसकोकार्यकारी निर्मातारिक रुबिन हुने घोषणा गरिन। शकिराको चौँथो एल्बमफिजासियन ओरल भोल. १ जून २००५मा लोकार्पण गरियो। एल्बमको प्रमूख एकलको रूपमा अप्रिलमा रिलिज भएकोला तोर्तुरा हट १००मा ४० औँ स्थानमा पुग्नाका साथै विभिन्न रेडियोमा ठूलो सफलता हासिल गर्यो। यस गितमा स्पेनिश गीतकारएलेक्जेन्ड्रो स्यान्जलाई लिइएको थियो। यसलेयुएस हट ल्याटिन चार्टमा एक नम्बरमा पच्चीस हप्ता सम्म रहेर रेकर्ड राख्यो। २००५मा शकिराएमटिभी भिडियो म्यूजिक रेकर्ड्समा स्पेनिश भाषामा गित गाउँने पहिलो कलाकार बनिन।
कम आशाहरूको विपरीतफिजासियन ओरल भोल. १लाई जनताहरूले धेरै मन पराए। पहिलो हप्तामा नै १५७,००० प्रति बिक्रि गर्दै यो एल्बम बिलबोर्ड २००मा १५ जूनको हप्तामा चार्टमा चार नम्बरमा शुरू गर्यो। यो एल्बम पहिलो हप्ताको बिक्रिमा हाल सम्मको सर्वाधिक बिक्रि हुनेस्पेनिश भाषाको एल्बम बन्यो। ल्याटिन अमेरिकाको आफ्नो आधिकारिक रिलीजको पहिलो दिन यो एल्बमले भेनेजुएलामा प्लेटिनम प्रमाणपत्र, कोलम्बियामा ट्रिपल प्लेटिनम प्रमाणपत्र प्राप्त गर्नुका साथै मेक्सिकोमा यो पूरा बिक्रि भयो। तीन दिनमा एल्बमले विश्वभरीमा एक लाख भन्दा बढि प्रतिहरू बिक्रि गर्यो। "ला तोर्तुरा"का साथै चार अन्य एकलहरूनो,डिया डे एनेरो, "ला परेड"रलास डी ला इनट्यूशन रिलिज भए, जुन विश्वका विभिन्न देशहरूमा एक नम्बरमा रह्यो।
८ फेब्रुअरी २००६मा शकिराले फिजासियन ओरल भोल. १को लागिसर्वश्रेष्ठ ल्याटिन रक/ वैकल्पिक एल्बमको श्रेणीमा आफ्नो दोस्रो ग्रेमी अवार्ड जितिन।[४०] शकिराले २ नोभेम्बर २००६मा "ला तोर्तुरा"को लागिवर्षको रेकर्ड रवर्षको गित तथा फिजासियन ओरल भोल. १को लागिवर्षको एल्बम रसर्वोत्कृष्ट पप आवाज एल्बम गरी चार ल्याटिन ग्रेमी अवार्ड प्राप्त गरिन।[४१] विश्वभरीमाफिजासियन ओरल भोल. १को ४० लाख भन्दा अधिक प्रतिहरू बिक्रि भयो।[५]
ओरल फिक्जासन भोल. २को लोकार्पण पूर्व शकिरालिस्बन,पोर्चुगलमाएमटिभी यूरोप म्यूजिक अवार्ड २००५मा देखापरिन। यहाँ उनले एल्बमको एकलडन्ट बोदरको प्रश्तुति गर्नुका साथै सर्वोत्कृष्ट महिला कलाकारको श्रेणीमा अवार्ड जितिन।डन्ट बोदरले "अमेरिकी हट १००"को चार्टमा शीर्ष ४०मा पर्नबाट बञ्चित हुनुपरे तापनि विश्वका प्राय देशहरूमा टप २०को सूचीमा पर्यो।ओरल फिक्जासन भोल. २ २९ नोभेम्बर २००५मा लोकर्पण गरियो। यो एल्बमले १२८,००० प्रतिहरू बिक्रि गर्दै "अमेरिकी बिलबोर्ड २००"को चार्टमा नम्बर पाँचमा शुरुवात गर्यो। यो एल्बमले आरआईएएबाट प्लाटिनम प्रमाणपत्र प्राप्त गर्नुका साथै संयुक्त राज्यमा १८ लाख रेकर्ड बिक्रि गर्यो। यस एल्बमके विश्वभरी ८० लाख भन्दा बढि प्रति बिक्रि गर्यो।[४२] एल्बमको मुख्यपृष्ठमा शकिरालाई निशेधित फल (स्याउ)को साथमा ईभको रूपमा दर्साईएकोले यो विवादास्पद हुन पुग्यो र धेरै देशहरूमा बिक्रि नभएकोले यो मुख्यपृष्ठलाई बदलिएको थियो।
२००६को शुरूमावाईक्लेफ जीनको साथमा "हिप्स डन्ट लाई" एल्बमको दोस्रो एकलको रूपमा लोकार्पण भयो। "हिप्स डन्ट लाई " विश्वका ५५ देशहरूमा पहिलो स्थानमा पुग्नाका साथै "बिलबोर्ड हट १००"मा शकिराको पहिलो एल्बमको रूपमा स्थापित हुँदै २१औं शताब्दीको सबैभन्दा चर्चित गित बन्यो। शकिरा र वाईक्लेफ जीनले यस गीतकोफिफा विश्व कप २००६को आधिकारिक धुनको लागि यस गीतकोबम्बू भर्जन तैयार गरे। "हिप्स डन्ट लाई "को लागि शकिरा२००६ एमटिभी भिडियो म्यूजिक अवार्ड्समारेड हट चिली पिपर्स सँग सबैभन्दा ज्यादा संख्यामा मनोनयनमा परिन तर उनले केवलबेस्ट कोरियोग्राफीको अवार्ड मात्र जित्न सफल भईन। नोभेम्बर २००६मा शकिरालेकार्लोस स्यान्टानाको साथमा आफ्नो तेस्रो र अन्तिम सिंगल "इललीगल" लोकार्पण गरिन। यो एल्बम हट १००मा पुग्न नसकेपनि केही यूरोपेली देशहरूमा र अमरीकामा नृत्य चार्टमा शीर्ष स्थानमा पुग्यो। १० फेब्रुअरी २००७मा शकिराले४९औं ग्रेमी अवार्ड्समा पहिलो पल्ट प्रश्तुति गरिन र वीक्लिफ जीन "हिप्स डन्ट लाई "मासर्वोत्कृष्ट सहयोगी पप गायनको लागि मनोनयन प्राप्त गरे।
शकिराले जून २००६मा आफ्नो चौथो लामो यात्राओरल फिक्जासन टूर शुरू गरिन। यस यात्राको क्रममा १४ जून २००६ देखि ९ जुलाई २००७को बीच १२५ शोहरू भए। उनले पाँचै महाद्धीपहरू: एसिया, यूरोप, उत्तरी अमेरिका, ल्याटिन अमेरिका र अफ्रीकामा प्रश्तुति गरिन। यस यात्राको क्रममा शकिराले २७ मे २००७मामेक्सिको शहरमा एक सांगीतिक कार्यक्रम सित्तैमा प्रश्तुति गरिन जहाँ २१०,००० भन्दा धेरै दर्शकहरूको उपस्थिति थियो। यस संगीत समारोहले मेक्सिकोमा आयोजना भएका शोको इतिहासमा सर्वाधिक दर्शकको उपस्थितिको रेकर्ड कायम गर्यो। शकिराले ९ जुलाई २००६ म जर्मनीमाफिफा विश्वकपको फाइनलमा प्रस्तुति गरिन। १२ नोभेम्बर २००७मा "ओरल फिक्जासन टूर डिभिडि लोकार्पण गरियो। यो उच्च परिभाषितब्लू-रे ढाँचामा पनि उपलब्ध छ।[४३] यस डिभिडिका २ भर्जनहरूले विश्वभरीमा १,६००,००० भन्दा धेरै प्रति बिक्रि गर्यो।
फेब्रुअरी २००८ मएल हेराल्डोमा उनले आफ्ना प्रशंसकहरूसँग अनलाईन च्याटमा आफ्नो नयाँ एल्बमको थालनी गर्न लागेको कुरा खुलासा गरिन।[४४] यसका साथै,कोलम्बियामा शकिराको गीतकार भाइ ईसा मेबारकको सिडी लोकार्पण पार्टीमा शकीराका बुवा विलियम मेबारकले शकिराले आफ्नो आगामी एल्बमको लागि नयाँ गितहरू लेखन र निर्माणको कार्य शुरू गरिरहेको बताए। यो कार्य "उनको आफ्नो स्टूडियो"मा भईरहेको भनियो , जसले उनका धेरै प्रशंसकहरूलाई यसको मतलब उनको घरबहामसमा स्टूडियो भएको लाग्यो।[४५] जहाँ शकिराले २००५माफिजासियन ओरल भोल. १ र २००६माओरल फिक्जासन भोल. २ रेकर्ड गरेकि थिईन।
लन्डनमा दुइ हप्ता बिताएपछि,कार्लोस विवेस सँगकोलम्बिया,पेरू रब्राजिलको सीमामा अवस्थितलेतिसियामा एक शान्ति सांगितिक कार्यक्रममा भाग लिनको लागि शकिरा कोलम्बियाको लागि प्रस्थान गरिन। सयौं हजार कोलम्बियनका साथमा शकीराले कोलम्बियामा विद्रोहीहरूले बन्दी बनाएका मानिसहरूको रिहाई र उक्त क्षेत्रमा यस्ता अन्य अपहरण बन्द गर्नको लागि अपील गरिन।[स्रोत नखुलेको] त्यस पछि, यो नोटिसिअस क्याराकोलले कोलम्बियामा भनेकि शकिराबहामसमा आफ्नो घरको स्टूडियोमा फर्किएर भाईवस ब्याण्डको सदस्यहरू सँग "अ लिटिल समथिङ्ग"को रेकर्डिङ्गको कार्य शुरु गरिन। कोलम्बियामा एलेन्को पत्रिकासँग एक विशेष अन्तरबार्तामा शकिराले पुष्टि गरिन कि उनले नयाँ एल्बमको लागि पहिले नै लगभग ३० वटा गीतहरू लेखिसकिन र उनले अझै पनि लेख्न जारी राखेकि छन।[४६] पछि यो पुष्टि भयोकि शकिरा आफ्नो छैठौं एल्बमको लागिरेडवान,वाइक्लेफ जीन र लुइस एफ ओचोआसँग काम गरिरहिकि छन। रेडवानले पछि भने कि शकिरा प्रायोगिक चरणमा छिन र उनी एल्बमको लागि लसएन्जलस, मियामी, भ्यानकुभर, लन्डन, उरुग्वे र बहामसमा काम गर्दैछिन।
२००८को शुरुवातमा फोर्बसले शकिरालाई संगीतको क्षेत्रमा सर्वाधिक कमाई गर्ने चौथो महिलाको स्थानमा राख्यो।[४७] २ जुलाई २००८मा शकिराले विशाल अन्तर्राष्ट्रिय यात्रासँग सम्बद्धलाईभ नेशन सँग १० वर्षको सम्झौतामा हस्ताक्षर गरिन।[४८] यात्रा समुह एक रेकर्ड लेबल हो जसले संगितलाई बढावा दिनुका साथै आफ्ना कलाकारहरूको संगीत लोकार्पणमा पनि नियन्त्रण गर्दछ। शकिराको अनुबन्धनलाई उद्ध्रित गर्दै लाई भ नेशनक ग्लोबल म्यूजिक प्रमुख जेसन गार्नरले भने "शकिरा वास्तवमा वैश्विक स्तरको कलाकारहरू मध्य एक हुन। उनी विश्वको हरेक कुनामा आफ्नो संगित र टिकट बिक्रि गर्न सक्छिन।"[४९] शकिराका प्रतिनिधि तथा लाई भ नेशनले सम्झौताको मुल्य पुष्टि नगरेता पनि यस बातचीतको निकटस्थ मानिसहरूका अनुसार शकिरामा आधारित १० वर्षको प्रदर्शनहरूको अनुरूप $ ७०,०००,०००देखि $ १००,०००,०००को बीचको मुल्याङ्कन गरिएको अनुमान छ। शकिरा एक अङ्ग्रेजी, एक स्पेनिश र एक सङ्कलन गरी तीन एल्बमहरूको लागिएपिक रेकर्ड्ससँग अनुबन्धन भएकी छन तर लाई भ नेशनसँग भएका सम्झौताको यात्रा र अन्य अधिकार तत्काल लागू हुने छन।
शकिराको छैठौ स्टूडियो एल्बमको शीर्ष एकल "शी वूल्फ" १३ जुलाई २००९मा प्रीमियर भयो।[५०][५१][५२][५३] शकिराले यो गित जोन हिल र द ब्रेभरीका शीर्ष गायक तथा लेखक स्याम एन्डिकटसँग मिलेर लेखन तथा उत्पादन गरेकी थिईन।[५४] यसको स्पेनी संस्करण, लोबा पनि त्यसै दिन प्रीमियर भयो। केही दिन पछि "शी वूल्फ" र "लोबा" डिजिटल डाउनलोडमा पनि उपलब्ध भयो।[५५] "शी वूल्फ"को भिडियो ३० जुलाई २००९को एमटिभीमा प्रीमियर भयो।[५५] यो एकल ल्याटिन अमेरिकामा एक नम्बर, जर्मनीमा, आयरल्यान्ड, इटली, एस्टोनिया र स्पेनमा दुइ नम्बर, स्विट्जरल्याण्ड र अस्ट्रियामा तीन नम्बर, संयूक्त अधिराज्य, फ्रान्स र ग्रीसमा चार नम्बर, क्यानाडा र बेल्जियममा पाँच नम्बर, फिनल्यान्डमा छ नम्बर, जापानमा नौ नम्बर र अमेरिकामा एघार नम्बरमा रहि विश्व भरीमा सफल भए थियो।
२००९मा नै शकिराको आधिकारिक वेबसाइटले घोषणा गर्यो किशी वूल्फको पूर्ण एल्बम अक्टूबर २००९मा निस्कनेछ" र यसले "मुख्य रूपमा अङ्ग्रेजी ट्र्याक सूची प्रश्तुत गरेको छ।" उक्त साइटले एउटा स्पेनिश एल्बम २०१०मा लोकार्पण गरिने कुरा पनि घोषणा गरेकोछ।[५६]शी वूल्फ अक्टूबर २००९मा अन्तराष्ट्रिय रूपमा र २३ नोभेम्बर २००९मा संयूक्त राज्य अमेरिकामा लोकार्पण भयो। यस एल्बमले विश्व भरीमा १५ लाख प्रति बिक्रि गर्दै सफल एल्बमको रूपमा स्थापित भयो। मुलत: अमेरिकी लोकार्पणको लागि योग्य एल्बमको दोस्रो एकल "डिड इट अगेन" अक्टूबर २००९मा लोकर्पण भयो तर पछि यो रद्द भयो। शकिरालेदक्षिण अफ्रिकी समूहफ्रेस्लिग्राउण्डसँग मिलेरफिफा विश्वकप २०१०को आधिकारिक गित निर्माण तथा प्रश्तुति गरिन।[५७] यो गित ज्याङ्गालेवा वा गोल्डेन साउन्ड्स समूहकोफ्यान्ग भाषाको परम्परागत क्यामारुनी सैन्य गितज्याङ्गालेवामा आधारित थियो । यो गित १९८७मा उनको जन्मथलो कोलम्बियामा दक्षिण अफ्रिकीको माध्यमबाट चर्चित भईसकेको थियो ।[५८]
जुन २००१०मा बिलबोर्ड पत्रिकासँगको अन्तरवार्ताको क्रममा शकिराले आफ्नो नयाँ एल्बम सेप्टेम्बरमा लोकर्पण हुने घोषणा गरिन ।[५९] १९ अक्टूबर २००१०माशाले एल शोल शकिराको सातौँ स्टुडियो एल्बमको रूपमा लोकार्पण भयो। एल्बमको शीर्ष एकल गितलोका विश्वका धेरै देशहरूमा शिर्षस्थानमा रह्यो । उनले अगस्टमा बार्सिलोनामा "लोका"को भिडियो खिचाईन ।[६०] र सेप्टेम्बर १मा एल्बमको आधिकारिक आबरण अनाबरण गरिन।[६१]
२००३मा शकिराले दक्षिण अफ्रीकी अभिनेत्रीचार्लिज थेरोन रमार्क वलबर्ग अभिनीतहलिवुड चलचित्र "द इटालियन जब"को लागि संगीतकारटिम मिशेल सँग मिलेर "कम डाउन लव" बोलको एउट गीत लेखेकि थिईन तर त्यो गीत अंततः साउण्डट्र्याकमा समावेश गरिएन। २००६को अन्त्य तिर शकिरा रऐलेज्यान्ड्रो सन्जले फेरि एक साथ "ते लो अग्रदेज्को, पेरो नो" गितमा काम गरे, जुन सन्जको एल्बमअल ट्रेन डे लस मोमेन्टोजमा समावेश छ। यो गीत ल्याटिन अमेरिकामा शीर्ष दस हिट गीतहरूमा समावेश भयो र रबिलबोर्ड हट ल्याटिन ट्र्याक चार्टमा शीर्ष स्थानमा पुग्यो। शकिरामिगुएल बोस सँग युगल "सी टू नो भ्युल्भस"मा काम गरिन, जसलाई बोसको एल्बमपपितोमा उनको ३० वर्षको करियरको उत्सवको समय लोकार्पण गरियो।
२००७ को आरम्भमा शकिराले अमेरिकनआर एन्ड बि गायिकाबेयोन्से सँग "ब्यूटीफुल लायर" गितमा काम गरिन, जुन बेयोन्सेकोबी'डेको डिलक्स संस्करणमा दोस्रो एकलको रूपमा लोकार्पण भयो। ७ अप्रिल २००७ मा,बिलबोर्ड हट १००को चार्टमा यो गीत ९४औं स्थानबाट ३ स्थान पार गर्दै ९१ औँ स्थानमा पुग्यो जुन यस चार्टको इतिहासमा सबैभन्दा अधिक माथिल्लो स्थानमा चढ्ने गीतको एउटा नयाँ कीर्तिमान थियो। योब्रिटेन सिंगल्स चार्टमा पनि नं.१मा रह्यो। यो गीतलेगायन साथै सर्वोत्कृष्ट पप सहयोग (बेस्ट पप कोलाबोरेशन विद भोकल्स)को लागि एकग्रेमी अवार्डमा मनोनयन आर्जन गर्यो । यो गीत बेयोन्सेको विश्वमा सबैभन्दा सफल गीतहरूमा मध्य एक थियो। यो गीत विशेष रूपलेअर्जेन्टिना रस्पेन जस्तै स्पेनिश भाषी देशहरूमा पहिलो स्थानमा रहदै सर्वाधिक लोकप्रिय भयो ।
बिलबोर्डको अनुसार शकिरालेलील वाईनेसँगकार्लोस संतानाकोकार्लोस सान्ताना शीर्षक वाला सबै भन्दा अधिक हिट सीडीको नयाँ ट्रैकमा सहयोग दिए ।[६२] बहरहेल यो सहयोग देखि रद्द गर्यो गएको छ र शकीरा र लील वेनको ठाउँजेनिफर लोपेज र बेबी बाशले ली छ।[६३]
शकिराले १८ जनवरी २००९मालिंकन मेमोरियलमाराष्ट्रपतिबराक ओबामाको सम्मान समारोह "वी आर वन"को उद्घाटनको अवसरमा प्रश्तुति गरिन । उनलेस्टीभ वन्डर रउसर सँग "हाइयर ग्राउण्ड"को प्रस्तुति गरिन। उनले २० जनवरी २००९को साँझ "नेबरहुड बल"मा राष्ट्रपतिको उद्घाटन कार्यक्रमको समयमा पनि प्रश्तुति गरिन । उनलेभान मोर्रिसनको गीतब्राइट साइड अफ द रोडको प्रस्तुति गरिन । यस गीतमा शकिरालाईहारमोनिकामा दर्शाईएको छ । मार्च २००९मा शकिरा अर्जेन्टिनाको लोक गायकमर्सिडीज सोसासँगक्यानतोरा १ एल्बमको गीतला माजामा देखापरिन, यि दुवै गायकहरूले मे २००८मा ब्यूनस आयर्सको "अलाज"(ALAS) संगीत समारोहमा गित गाएका थिए ।[६५]