Movatterモバイル変換


[0]ホーム

URL:


सामग्रीमा जानुहोस्
विकिपिडियाएक स्वतन्त्र विश्वकोश
खोज्नुहोस्

ल्भिभ

निर्देशाङ्कहरू:४९°५०′३३″उ२४°०१′५६″पू / 49.84250°N 24.03222°E /49.84250; 24.03222
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाउँढाँचा:SHORTDESC:ठाउँ
ल्भिभ
सहर
ल्भिभको ऐतिहासिक केन्द्र
ल्भिभ थिएटर
एक गिर्जाघर
सन्त ओल्हा र एलिजाबेथको मण्डली
बजार
पोतोच्की दरबार
ल्भिभको झण्डा
झण्डा
ल्भिभको प्रतीक चिह्न
प्रतीक चिह्न
ल्भिभको आधिकारिक लोगो
प्रतीक चिह्न
आदर्श वाक्य(हरू): 
"ल्भिभ विश्वका लागि खुला छ"
[][]
ल्भिभ मा पर्दछ ल्भिभ ओब्लास्त
ल्भिभ
ल्भिभ
Lviv shown within Lviv Oblast
ल्भिभ ओब्लास्तको नक्सा देखाउनुहोस्
ल्भिभ मा पर्दछ युक्रेन
ल्भिभ
ल्भिभ
Lviv shown within Ukraine
युक्रेनको नक्सा देखाउनुहोस्
ल्भिभ मा पर्दछ युरोप
ल्भिभ
ल्भिभ
Lviv shown within Europe
युरोपको नक्सा देखाउनुहोस्
निर्देशाङ्क:४९°५०′३३″उ२४°०१′५६″पू / 49.84250°N 24.03222°E /49.84250; 24.03222
देश युक्रेन
ओब्लास्तल्भिभ ओब्लास्त
रायोन (जिल्ला जस्तै)ल्भिभ रायोन
प्रादेशिक समुदायल्भिभ सहरी प्रादेशिक समुदाय
स्थापनासन् १२५६
मान्यता१३५६
सरकार
 • नगर प्रमुखअन्द्री सादोभी
क्षेत्रफल
 • सहर१४८.९ किमी (५७.५ वर्ग माइल)
 • महानगर
४९७५ किमी (१९२१ वर्ग माइल)
उन्नतांश
२९६ मिटर (९७१ फिट)
जनसङ्ख्या
 (सन् २०२२)
 • सहर७१७२७३
 • क्रमयुक्रेनको छैठौँ
 • घनत्व४८००/किमी (१२०००/वर्ग माइल)
 • महानगर
११४१११९[][]
 • जनजातीयनाम
ल्भिभवासी ल्भिभेली
समय क्षेत्रयुटिसी+२ (पूर्वी युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (पूर्वी युरोपेली ग्रीष्मकालिन समय)
हुलाक कोडहरू
79000–79490
क्षेत्रीय सङ्केत+३८० ३२(२)
सवारी दर्ता नम्बरBC, HC ( सन् २००४ अगाडि: ТА, ТВ, ТН, ТС)
वेबसाइटcity-adm.lviv.ua
आधिकारिक नामऐतिहासिक केन्द्र
मापदण्डसांस्कृतिक: ii, v
स्रोत८६५
दर्जा प्राप्तसन् १९९८ (२२thशत्र)
खतरापूर्णसन् २०२३–हाल
क्षेत्रफल२,४४१ हे

ल्भिभ (/ləˈvv/lə-VEEV वा/ləˈvf/lə-VEEF;युक्रेनी:Львівuk) पश्चिमीयुक्रेनको सबैभन्दा पाँचौँ ठूलो सहर हो जसको जनसङ्ख्या ७,१७,५०० (सन् २०२२ को अनुमान अनुसार) रहेको छ। यसले ल्भिभ ओब्लास्त र ल्भिभ रायोनको (जिल्ला) प्रशासनिक केन्द्रको रूपमा कार्य गर्दछ भने यो युक्रेनको प्रमुख साँस्कृतिक केन्द्रहरू मध्ये एक हो। ल्भिभले ल्भिभ सहरी प्रादेशिक समुदायको प्रशासनिक केन्द्रको रूपमा पनि कार्य गर्दछ। यस सहरको नाम गालिसियाकालियो प्रथमको नामबाट राखिएको थियो जो दानियलका जेठा छोराका साथै रूथेनियाका राजा पनि थिए।

पोल्यान्डका शासक कासिमिर द्वितीयले युक्रेनमाथि विजय प्राप्त गरेपछि सन् १२७२ देखि १३४९ सम्म यो गालिसिया-भोल्हिनिया राज्यको राजधानी थियो। सन् १४३४ देखि यसलाई पोल्यान्डेली शासनअन्तर्गत रुथेनिया राज्यपाल शासित क्षेत्रको राजधानीको रूपमा मान्यता दिइएको थियो। सन् १७७२ मा पोल्यान्डको विभाजन हुँदा ल्भिभ हब्सबर्ग, ग्यालिसिया र लोदोमेरिया राज्यको राजधानी बनेको थियो। ल्भिभ सन् १९१८ मा केही समयका लागि पश्चिमी युक्रेनी जनगणतन्त्रको राजधानी थियो।

सन् १९३९ मा पोल्यान्डमा जर्मन–सोभियत शक्तिले कब्जा गरेपछि ल्भिभ सोभियत सङ्घको एक भाग बन्न पुगेको थियो। सन् १९४४-४६ मा पोल्यान्ड र पश्चिमी युक्रेनबीच जनसङ्ख्या स्थानान्तरण भएको थियो। ल्भिभ पनि यो स्थानान्तरण प्रक्रियाको सहभागी भएको थियो। सन् १९९१ मा यो सहर स्वतन्त्र युक्रेनी राज्यको भाग बनेको थियो।

ल्भिभ हाल ल्भिभ ओब्लास्तको भाग हो। ल्भिभ रेड रुथेनिया र ग्यालिसियाको ऐतिहासिक क्षेत्रको केन्द्र थियो। सहरका धेरै महत्त्वपूर्ण भवनहरू दोस्रो विश्वयुद्धको समयमा सोभियत र जर्मन आक्रमणबाट बचेका थिए। यहाँ धेरै प्रसिद्ध र सुपरिचित शैक्षिक संस्थाहरू रहेका छन्। तीमध्ये उल्लेखनीय ल्भिभ विश्वविद्यालय र ल्भिभ पोलिटेक्निक हुन्। यस सहरको केन्द्रयुनेस्कोकोविश्व सम्पदा सूचीमा समावेश छ।

नाम र प्रतीकहरू

[सम्पादन गर्नुहोस्]

ल्भिभ सहर ऐतिहासिक रूपमा अन्य भाषाहरूमा विभिन्न नामहरूले पनि चिनिन्छ-पोल्यान्डेली:Lwówpl;जर्मनेली:Lembergde वा (archaic)Leopoldstadtde;यिद्दी:לעמבעריק,romanized: Lemberik;रुसी:Львов,romanized: Lvovru। यी बाहेक अन्य नामहरू पनि प्रचलनमा रहेका छन्।[]

प्रतीक चिह्न, ल्भिभ सहर परिषद्को प्रतीक ल्भिभको आधिकारिक रूपमा अनुमोदित प्रतीकहरू हुन्। वास्तुकला र ऐतिहासिक स्मारकहरूको नाम वा छविहरू पनि ल्भिभको विधानद्वारा सहरको प्रतीक मानिन्छन्।[]

भूगोल

[सम्पादन गर्नुहोस्]
माथिबाट खिचिएको ल्भिभ सहरको एक दृश्य

रोतोचिया उच्चभूमको किनारामा, पोल्यान्डको सीमाबाट ७० किलोमिटर र पूर्वी कार्पेथिय पर्वतबाट १६० किलोमिटरको दूरीमा ल्भिभ सहर अवस्थित छ। समुद्र सतहभन्दा औसत २९६ मिटर उचाइमा यसको अवस्थिति रहेको छ। यसको सबैभन्दा उच्च विन्दु भिसोकी जामोक हो जुन समुद्र सतहबाट ४०९ मिटरको उचाइमा अवस्थित छ। ती किल्लाबाट सहरको ऐतिहासिक केन्द्रलाई राम्रोसँग हेर्न सकिन्छ। पोल्तोभा नदीको किनारमा ल्भिभ सहर अवस्थित थियो।

मौसम

[सम्पादन गर्नुहोस्]
ल्भिभ (सन् १९९१–२०२०, चरम सीमा सन् १९३६–हाल)को मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम रेकर्ड °से (°फे)१४.९
(५८.८)
१७.९
(६४.२)
२३.५
(७४.३)
२८.९
(८४.०)
३२.२
(९०.०)
३४.१
(९३.४)
३६.३
(९७.३)
३५.६
(९६.१)
३४.५
(९४.१)
२५.६
(७८.१)
२१.६
(७०.९)
१६.५
(६१.७)
३६.३
(९७.३)
उच्चतम औसत °से (°फे)०.२
(३२.४)
२.०
(३५.६)
७.०
(४४.६)
१४.५
(५८.१)
१९.५
(६७.१)
२३.०
(७३.४)
२४.७
(७६.५)
२४.५
(७६.१)
१९.०
(६६.२)
१३.२
(५५.८)
६.८
(४४.२)
१.५
(३४.७)
१३.०
(५५.४)
दैनिक औसत °से (°फे)−२.७
(२७.१)
−१.५
(२९.३)
२.५
(३६.५)
९.०
(४८.२)
१३.८
(५६.८)
१७.३
(६३.१)
१९.०
(६६.२)
१८.५
(६५.३)
१३.५
(५६.३)
८.४
(४७.१)
३.३
(३७.९)
−१.३
(२९.७)
८.३
(४६.९)
न्युनतम औसत °से (°फे)−५.७
(२१.७)
−४.८
(२३.४)
−१.४
(२९.५)
३.८
(३८.८)
८.४
(४७.१)
१२.०
(५३.६)
१३.७
(५६.७)
१३.२
(५५.८)
८.७
(४७.७)
४.४
(३९.९)
०.४
(३२.७)
−४.१
(२४.६)
४.१
(३९.४)
न्युनतम रेकर्ड °से (°फे)−२८.५
(−१९.३)
−२९.५
(−२१.१)
−२५.०
(−१३.०)
−१२.१
(१०.२)
−५.०
(२३.०)
०.५
(३२.९)
४.५
(४०.१)
२.६
(३६.७)
−३.०
(२६.६)
−१३.२
(८.२)
−१७.६
(०.३)
−२५.६
(−१४.१)
−२९.५
(−२१.१)
औसत वर्षा मिमी (इन्च)४६
(१.८)
४८
(१.९)
४८
(१.९)
५२
(२.०)
९३
(३.७)
८६
(३.४)
९६
(३.८)
७३
(२.९)
७०
(२.८)
५७
(२.२)
५०
(२.०)
५०
(२.०)
७६९
(३०.३)
वर्षा दिनको औसत१११४१६१७१६१४१४१४१३१११५८
हिमपात दिनको औसत१७१७११०.११५७२
औसत सापेक्ष आर्द्रता (%)८३.३८०.७७४.५६७.१७०.४७२.६७४.१७४.३७८.२८०.३८४.४८५.०७७.१
मासिक सौर्यप्रकाश घण्टा औसत६४७९११२१८८२२७२३८२५४२२२१७९१४८५६३७१,८०४
स्रोत १: Pogoda.ru.net[]
स्रोत २: एनओएए (आर्द्रता सन् १९९१–२०२०, घाम सन् १९६१–१९९०)[][]

इतिहास

[सम्पादन गर्नुहोस्]

युक्रेनको स्वतन्त्रता

[सम्पादन गर्नुहोस्]
सन् २००४ को राष्ट्रपतीय निर्वाचनका बेला भेला भएका आन्दोलनकारीहरू

सन् २००४ को युक्रेनी राष्ट्रपतीय निर्वाचनमाभिक्टर युस्चेन्कोलाई ल्भिभका नागरिकहरूले दृढतापूर्वक समर्थन गर्दैसुन्तला क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका थिए। सहरको अत्यन्तै चिसो तापक्रमको बाबजुद पनि हजारौँ मानिसहरू ल्भिभमा भेला भएर सुन्तला क्रान्तिमा प्रदर्शन गरेका थिए। नागरिक अवज्ञाका कारण स्थानीय प्रहरी प्रमुखले राजीनामा दिन बाध्य भए भने स्थानीय सभाले कपटपूर्ण पहिलो आधिकारिक परिणामलाई पारित गर्न अस्वीकार गर्ने प्रस्ताव जारी गरेको थियो।[] ल्भिभ आज युक्रेनी संस्कृतिको मुख्य केन्द्रहरू मध्ये एक हो भने यो देशको अधिकांश राजनीतिक वर्गको उत्पत्ति केन्द्र पनि हो।

युरोमैदान आन्दोलनको समर्थनमा ल्भिभको कार्यकारी समितिले सन् २०१४ फेब्रुअरी १९ का दिन राष्ट्रपति भिक्टर यानुकोभिचको शासनबाट स्वतन्त्र घोषणा गरेको थियो।[१०]

सन् २०१९ मा ल्भिभका नागरिकहरूले सन् २०१९ को युक्रेनी राष्ट्रपति चुनावमा पेत्रो पोरोसेन्कोलाई समर्थन गरेका थिए। पोरोसेन्कोका लागि गणना गरिएको मतको प्रतिशत ९०% भन्दा बढी थियो। ल्भिभमा यस स्तरको समर्थनको बावजुद पनि उनले राष्ट्रिय मत गुमाउन पुगेका थिए।

सन् २०२० जुलाई २८ सम्म ल्भिभलाई महत्त्वपूर्ण ओब्लास्त सहर र ल्भिभ नगरपालिकाको केन्द्रको रूपमा समावेश गरिएको थियो। युक्रेनको प्रशासनिक सुधारको भागको रूपमा सन् २०२० जुलाईमा नगरपालिका समाप्त पारी ल्भिभ ओब्लास्तको रायोनको सङ्ख्या घटाएर सातमा झारिएको थियो। ल्भिभ नगरपालिकाको क्षेत्र नवस्थापित ल्भिभ रायोनमा गाभिएको थियो।[११][१२]

रुस-युक्रेन युद्ध

[सम्पादन गर्नुहोस्]
मार्च सन् २०२२ मार्चमा ल्भिभको एक इन्धन भण्डारन केन्द्रमा रूसी आक्रमण पछि लागेको आगो

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमण चलिरहँदा ल्भिभ देशको पश्चिमी राजधानी बनेको थियो भने यसबेला केही दूतावास, सरकारी निकाय र मिडिया सङ्गठनहरू राजधानीमा प्रत्यक्ष सैन्य खतराको कारणकिभबाट स्थानान्तरण गरिएका थिए।[१३] ल्भिभ आक्रमणबाट प्रभावित देशका अन्य भागहरूबाट भागेर आएका युक्रेनीहरूका लागि सुरक्षित आश्रय स्थल पनि बनेको थियो। सन् २०२२ मार्च १८ सम्ममा देशका अन्य भागहरूबाट भागेर शरण लिन आएका नागरिकको सङ्ख्या २,००,००० भन्दा बढी थियो। आक्रमण चलिरहँदा कयौँ मानिसहरूपोल्यान्ड जाने तरखरमा यो सहरलाई रोकिने ठाउँको रूपमा प्रयोग गर्न थालेका थिए।ल्भिभ र यसको वरपरको ठूला क्षेत्रहरूले पनि महत्त्वपूर्ण हतियार र मानवीय आपूर्ति मार्गको रूपमा भूमिका निर्वाह गरेको थियो। रूसी आक्रमणको सामना गर्दै स्थानीय सरकार र नागरिकहरूले पोल्यान्डेली र क्रोएसियाली सल्लाहकारहरूको सहयोगमा ऐतिहासिक स्मारकहरूको वरिपरि अस्थायी अवरोधहरू खडा गरी मूर्तिहरूलाई सुरक्षा दिँदै अन्य खजानाहरूको सुरक्षा गरेर सहरको सांस्कृतिक सम्पदाको रक्षा गर्न काम गरेका थिए।[१४]

युद्धको क्रममा ल्भिभ वरपरको क्षेत्र रूसी क्षेप्यास्त्र आक्रमणले प्रभावित बनेको थियो। १३ मार्च २०२२ मा यावरिभ सैन्य प्रशिक्षण आधारमा, १८ मार्च २०२२ मा ल्भिभ डानिलो हलित्स्की अन्तर्राष्ट्रिय विमानस्थल नजिकको ल्भिभ राज्य विमान मर्मत केन्द्रमा र २६ मार्च २०२२ मा सहरको सिमानाभित्रको एक इन्धन भण्डारण केन्द्रमा क्षेप्यास्त्रद्वारा आक्रमण गरिएको थियो।[१५] नगर प्रमुख आन्द्री सदोभीका अनुसार १८ अप्रिल २०२२ मा सहरमा पाँचवटा क्षेप्यास्त्र आक्रमण भएको थियो जसमा ७ जनाको मृत्यु र ११ जना घाइते भएका थिए। क्षेत्रीय राज्यपाल माक्सिम कोजिस्तकीले क्षेप्यास्त्रलाई सैन्य कारखाना र एक टायर पसल खसालिएको प्रतिक्रिया दिएका थिए। आवासीय होटलमा आक्रमण हुँदा झ्यालहरूमा क्षति पुगेको थियो। १८ अप्रिलमा टिएएसएसले रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ३१५ लक्षमा रातभर रुसी क्षेप्यास्त्रहरूले प्रहार गरिएको पुष्टि गरेको थियो। उक्त वक्तव्यमा सबै लक्ष्य सैन्य प्रकृतिका भएको दावी गरिएको थियो।[१६]

ल्भिभलाई १० अक्टोबर २०२२ मा युक्रेनमाथि भएको क्षेप्यास्त्र आक्रमणका क्रममा लक्षित गरिएको थियो जसले गर्दा बिजुली आपूर्तिमा बाधा उत्पन्न भएको थियो।[१७] ११ अक्टोबर २०२२ मा नगरप्रमुख सदोभीले सहरमा क्षेप्यास्त्र खस्दा बिजुली र पानीको आपूर्तिमा कठिनाइ आएको भनी प्रतिक्रिया दिएका थिए।[१८]

जनशाङ्खिकि

[सम्पादन गर्नुहोस्]
ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
सन् १९३९३४०,०००—    
सन् १९५९४१०,६७८+२०.८%
सन् १९७०५५३,४५२+३४.८%
सन् १९७९६६७,२४३+२०.६%
सन् १९८९७९०,९०८+१८.५%
सन् २००१७३२,८१८−७.३%
सन् २०११७३२,००९−०.१%
सन् २०२२७१७,२७३−२%
स्रोत:[१९]

ल्भिभका बासिन्दाहरूको औसत आयु ७५ वर्ष रहेको छ जनु युक्रेनमा औसत आयु भन्दा ७ वर्ष धेरै र विश्व औसतको औषत आयु (६८ वर्ष) भन्दा ८ वर्ष बढी हो। सन् २०१० मा पुरुषको औसत आयु ७१ वर्ष र महिलाको औसत आयु ७९.५ वर्ष रहेको थियो।[२०] सन् २००१ र २०१० को बीचमा प्रजनन् दर निरन्तर बढिरहेको थियो। यहाँ २५ वर्षभन्दा कम उमेरका युवाहरूको जनसङ्ख्या तीव्र कमी आएको थियो। सन् २०११ मा ल्भिभको जनसङ्ख्याको १३.७% मा १५ वर्ष मुनिका युवाहरू र ६० वर्ष वा सो भन्दा बढी उमेरका १७.६% व्यक्तिहरू रहेका थिए।[२१]

ऐतिहासिक जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]
धर्मका आधारमा जनसङ्ख्याको विवरण सन् १८६९-१९३१
समुदायसन् १८६९[२२]सन् १८९०[२३]सन् १९००[२४]सन् १९१०[२५]सन् १९२१[२५]सन् १९३१[२६]
रोमन क्याथोलिक५३.१%५२.६%५१.७%५१%५१%५०.४%
यहुदी३०.६%२८.२%२७.७%२८%३५%३१.९%
ग्रिसेली क्याथोलिक१४.२%१७.१%१७.३%१९%१२%१५.९%
जातीयताको आधारमा जनसङ्ख्या, सन् १९००-२००१
जातीयतासन् १९००[२७]सन् १९३१[२६]सन् १९४४[२८]सन् १९५०सन् १९५९[२९]सन् १९७९[२९]सन् १९८९[२९]सन् २००१[३०]
युक्रेनी१९.९%१५.९%२६.४%४९.९%६०.०%७४.०%७९.१%८८.१%
रूसी०.०%०.२%५.५%३१.२%२७.०%१९.३%१६.१%८.९%
यहुदी२६.५%३१.९%६.४%६.०%२.७%१.६%०.३%
पोल्यान्डेली४९.४%५०.४%६३%१०.३%४.०%१.८%१.२%०.९%
ल्भिभमा जातीयता, सन् १९८९ र २००१ को जनगणना अनुसार
युक्रेनी६,२२,८००७९.१%८८.१%
रूसी१,२६,४१८१६.१%८.९%
यहुदी१२,८३७१.६%०.३%
पोल्यान्डेली९,६९७१.२%०.९%
बेलारूसी५,८०००.७%०.४%
अर्मेनियाली१,००००.१%०.१%
जम्मा७,७८,५५७
सङ्ख्याले क्षेत्रहरू वा वरपरका सहरहरू समावेश गर्दैन[३१][स्रोत नखुलेको]

भाषा

[सम्पादन गर्नुहोस्]
बीसौँ शताब्दी भरी बोलिएका भाषाहरू
भाषासन् १९३१सन् १९७०सन् १९७९सन् १९८९
युक्रेनी ११.३% ६५.२% ७१.३% ७७.२%
रूसी ०.१% ३१.१% २५.७% १९.९%
यिद्दी २४.१%   
पोलिस ६३.५%   
अन्य १.०% ३.७% ३.०% २.९%

ल्भिभ सहरका अधिकांश मानिसहरूले युक्रेनी भाषा बोल्ने गर्दछन्। सहरमा युक्रेनीको प्रयोग सन् १९७० को दशकदेखि बढ्दै गएको थियो भने रूसी भाषाको प्रयोग सन् १९८० को दशकदेखि घट्दै गइरहेको थियो। सन् २००० मा ८०% मानिसहरूले युक्रेनी भाषा बोल्ने गरेको अनुमान गरिएको थियो।[३२]

सन् २००१ को युक्रेनी राष्ट्रिय जनगणना अनुसार:[३३]

भाषासङ्ख्याप्रतिशत
युक्रेनी६,४१,६८८८८.४८%
रूसी७२,१२५९.९५%
अन्य११,३८९१.५७%
जम्मा७,२५,२०२१००%

सन् २०२३ को मध्यमा इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटले गरेको एक सर्वेक्षणअनुसार सहरका ९६ प्रतिशत बासिन्दाले घरमा युक्रेनी भाषाको प्रयोग गर्ने गरेका र ३ प्रतिशतले रूसी भाषाको प्रयोग गर्ने गरेको जानकारी प्राप्त भएको थियो।[३४]

शिक्षा

[सम्पादन गर्नुहोस्]
ल्भिभ पोलिटेक्निक

ल्भिभ युक्रेनमा एक महत्वपूर्ण शैक्षिक केन्द्र हो। यो सहरमा १२ विश्वविद्यालय, ८ एकेडेमी र थुप्रै कलेज तथा विद्यालयहरू रहेका छन्। ल्भिभमा युक्रेनको विज्ञानको राष्ट्रिय एकेडेमीका आठ संस्थानहरू र चालीस भन्दा बढी अनुसन्धान संस्थानहरू रहेका छन्। यी अनुसन्धान संस्थानहरूमा अन्तरिक्ष अध्ययन लागि केन्द्र; सङ्घटित पदार्थ भौतिकीका लागि संस्थान; कोशिका जीवविज्ञानको संस्थान; रणनीतिक अध्ययनका लागि राष्ट्रिय संस्थान; इन्जिनियरिङमा न्यूरो-गणितीय सिमुलेसनका लागि संस्थान; र कार्पेथियनको पारिस्थितिकीका लागि संस्थान समावेश छन्। सोभियत समयमा ल्भिभ सहर लुनोखोद कार्यक्रमका लागि सफ्टवेयर विकास गरिएको स्थान थियो। एक उल्लेखनीय वैज्ञानिक क्षमता यो सहरमा केन्द्रित छ: चिकित्सक तथा विज्ञान ज्ञाताहरूको सङ्ख्याका कारण, ल्भिभ युक्रेनको चौथो महत्त्वपूर्ण सहर हो। ल्भिभ प्राचीन शैक्षिक परम्पराहरूको लागि पनि परिचित छ प्रत्येक वर्ष १ लाखभन्दा बढी विद्यार्थीहरू ५० भन्दा बढी उच्च शैक्षिक प्रतिष्ठानहरूमा अध्ययनरत हुन्छन्।

टिप्पणीहरू

[सम्पादन गर्नुहोस्]

सन्देश सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Poznaniak (९ जुन २००६),Coat of Arms of Lwów between 1918–1939,मूलबाट ३१ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-०२ 
  2. "Про утворення та ліквідацію районів. Постанова Верховної Ради України № 807-ІХ.",Голос України (युक्रेनीमा), २०२०-०७-१८,मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-०३ 
  3. "Нові райони: карти + склад" (युक्रेनीमा), Міністерство розвитку громад та територій України,मूलबाट २५ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  4. Fellerer, Jan (१५ जनवरी २०२०),Urban Multilingualism in East-Central Europe: The Polish Dialect of Late-Habsburg Lviv, Rowman & Littlefield,आइएसबिएन 978-1-4985-8015-1,मूलबाट ६ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२२ 
  5. "Statute of Lviv",मूलबाट २७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२१ वेब्याक मेसिनअभिलेखिकरण २७ नोभेम्बर २०१२ मिति
  6. "Pogoda.ru.net" (रूसीमा), Weather and Climate (Погода и климат), मे २०११,मूलबाट १४ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०२१ 
  7. "Lviv Climate Normals 1991–2020" (CSV),World Meteorological Organization Climatological Standard Normals (1991–2020), National Centers for Environmental Information,मूलबाट २२ अप्रिल २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२५ 
  8. "L'vov (Lviv) Climate Normals 1961–1990", National Oceanic and Atmospheric Administration,मूलबाट २९ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०१५ वेब्याक मेसिनअभिलेखिकरण २९ अक्टोबर २०२१ मिति
  9. Tchorek, Kamil (२६ नोभेम्बर २००४),"Protest grows in western city",Times Online,मूलबाट २९ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २००९ वेब्याक मेसिनअभिलेखिकरण २९ जुन २०११ मिति
  10. Gianluca Mezzofiore (१९ फेब्रुअरी २०१४),"Ukraine Facing Civil War: Lviv Declares Independence from Yanukovich Rule",International Business Times,मूलबाट १ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१४ 
  11. "Про утворення та ліквідацію районів. Постанова Верховної Ради України № 807-ІХ.",Голос України (युक्रेनीमा), २०२०-०७-१८,मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-०३ 
  12. "Нові райони: карти + склад" (युक्रेनीमा), Міністерство розвитку громад та територій України, जुलाई १७, २०२०,मूलबाट २ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२ 
  13. "Ukraine's Lviv in spotlight as diplomats and others leave Kyiv – the Washington Post",The Washington Post,मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०२२ 
  14. "Wrapping The Art Treasures Of Lviv" (अङ्ग्रेजीमा), RadioFreeEurope/RadioLiberty, १८ मार्च २०२२,मूलबाट १८ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२२ 
  15. "Three additional blasts heard in Lviv, regional military administration says",CNN (अङ्ग्रेजीमा), २६ मार्च २०२२,मूलबाट २६ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मार्च २०२२ 
  16. "Blasts rock Ukraine as bodies line streets" (अङ्ग्रेजीमा), the Canberra Times, १८ अप्रिल २०२२,मूलबाट १८ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०२२ 
  17. "Explosions in Lviv, city is without electricity and mobile connection",Ukrainska Pravda (अङ्ग्रेजीमा),मूलबाट १२ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१२ 
  18. "Russian strike on Ukraine's Lviv hits power supply – mayor",Reuters (अङ्ग्रेजीमा), Reuters, २०२२-१०-१२,मूलबाट १३ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-१०-१२ 
  19. "Cities & towns of Ukraine",pop-stat.mashke.org 
  20. "Population",मूलबाट ५ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०२३ वेब्याक मेसिनअभिलेखिकरण ५ डिसेम्बर २०१४ मिति
  21. "Lviv City Profile 2010–2011",मूलबाट १ जुलाई २०१४-मा सङ्ग्रहित। वेब्याक मेसिनअभिलेखिकरण १ जुलाई २०१४ मिति
  22. The Encyclopædia Britannica: a dictionary of arts, sciences and general literature. Vol. 14. The Henry G. Allen Company. 1890. p. 435.
  23. Brockhaus' Konversations-Lexikon. 14th edition, vol. 11, Leipzig 1894, p. 76
  24. Meyers Konversations-Lexikon. 6th edition, vol. 12, Leipzig and Vienna 1908, pp. 397–398.
  25. २५.०२५.१C. M. Hann, Paul Robert Magocsi ed.Galicia: a Multicultured land. University of Toronto Press. 2005. p. 155.
  26. २६.०२६.१Національний склад Львівського воєводстваवेब्याक मेसिनअभिलेखिकरण ३१ अक्टोबर २०१० मिति за переписом 1931 року
  27. Населення Східної Галичиниवेब्याक मेसिनअभिलेखिकरण ३१ अक्टोबर २०१० मिति за переписом 1900 року
  28. William Jay Risch.Ukrainian West: Culture and the Fate of Empire in Soviet Lviv. Harvard University Press. 2011. pp. 41–42.
  29. २९.०२९.१२९.२Roman Szporluk.Russia, Ukraine, and the Breakup of the Soviet Union. Hoover Institution Press, 2000, p. 304.आइएसबिएन०-८१७९-९५४२-०
  30. "Всеукраїнський перепис населення 2001",2001.ukrcensus.gov.ua,मूलबाट २३ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०११ 
  31. Official census of 2001.
  32. "Андрій Садовий",www.ji.lviv.ua,मूलबाट १६ अगस्ट २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०१३ 
  33. "Рідні мови в об'єднаних територіальних громадах України" (युक्रेनीमा)। 
  34. "Municipal Survey 2023",ratinggroup.ua,मूलबाट १९ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०२३ वेब्याक मेसिनअभिलेखिकरण १९ जुलाई २०२३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
ल्भिभ विकिपिडियाकाभातृयोजनाहरूमा


उद्दरण त्रुटी:<ref> tags exist for a group named "lower-alpha", but no corresponding<references group="lower-alpha"/> tag was found

"https://ne.wikipedia.org/w/index.php?title=ल्भिभ&oldid=1310615" बाट अनुप्रेषित
श्रेणीहरू:
लुकाइएका श्रेणीहरू:

[8]ページ先頭

©2009-2025 Movatter.jp