ओडिशाको पहला रसगोला (बायाँ) र बङ्गाली रोसोगोल्लाहरू पश्चिम बङ्गाल (दायाँ) | |
| वैकल्पिक नामहरू | रसगुल्ला, रसभरी |
|---|---|
| परिकार | मिठाइँ |
| उत्पत्ति स्थान | भारतीय उपमहाद्वीप |
| क्षेत्र वा राज्य | ओडिशा रपश्चिम बङ्गाल |
| खान उपयुक्त | तातो, चिसो, वा कोठाको तापक्रम |
| मुख्य सामग्रीहरू | छेना |
रसबरी,रसगुल्ला तथारसभरी[१][२] योभारतीय उपमहाद्वीपकोबङ्गाल तथाओडिशा क्षेत्रको एक लोकप्रिय मिठाइँ हो। यो मिठाइँ छेना र सूजीको आटाको गोलो आकारको पकौडाबाट बनेको हुन्छ भने यसलाई चास्नीमा हालेर यसभित्र गुलियो रस भरिन्छ।
यो मिठाई पूर्वीभारतीय उपमहाद्वीपमा उत्पत्ति भएकोमा लगभग सार्वभौमिक रूपमा सहमति भएता पनि यसको उत्पत्तिको सही स्थानपश्चिम बङ्गाल,बङ्गलादेश रओडिशा जस्ता स्थानहरू बीच विवादित छ। यो मिठाइँजगन्नाथ मन्दिरमा प्रसादको रूपमा चढाउने गरिएको आकलन गरिन्छ।[१] ओडिशाका इतिहासकारहरूका अनुसार रसगुल्ला पुरीमा खिरा मोहनाको रूपमा उत्पत्ति भएको थियो, जुन पछि पहला रसगुल्लाको रूपमा विकसित भएको थियो।[३]
स्पन्ज जस्तै सेतो रसगुल्ला हालको पश्चिम बङ्गालमा सन् १८६८ माकलकत्ताका नवीन चन्द्र दास नामक मिठाइँ व्यवसायीले ल्याएको मानिन्छ।[४][५]
रसगुल्ला तयार गर्न छेनाको मिश्रणलाई सानो गोला आकारको बनाइन्छ। यी डल्लोहरू तयार भइसकेपछि चास्नीमा डुबाइन्छ। यसलाई प्रेसर कुकर वा ओभन प्रयोग गरेर पनि तयार गर्न सकिन्छ। स्वाद अनुसार वा थप स्वाद बढाउन यसमा गुलाबजलको एक थोपा प्रयोग गर्न सकिन्छ।[६][७][८]
"https://ne.wikipedia.org/w/index.php?title=रसबरी&oldid=1326409" बाट अनुप्रेषित