फलाम एकरसायनिक तत्व हो।अङ्रेजीमा यसलाई आइरन भनि्छ। सङ्क्रमणात्मकतत्व हो। यसकोपरमाणु सङ्ख्या २६ र पेरियोडिक तलिकको डि (d) ब्लक अन्तर्गत समूह ८ (VIII) मा पर्दछ। यो एक प्रकारकोधातु हो ।[३] योतत्व पृथ्वीको बाहिर सतह तथा भित्रि भागमा पाइन्छ । यो पृथ्वीमाचौथो धरै पाइनेधातु हो। यसको संयुज्यता २ र ३ हुन्छ।
फलामको उत्पादन दुई मुख्य चरणमा हुन्छ। पहिलो चरणमा, फलामको धातुलाई ब्लास्ट फर्नेसमा कोकको (कोईला) साथ पगालिन्छ, र पग्लिएको धातुलाईसिलिकेट खनिज जस्ता दोषबाट अलग गरिन्छ। यस चरणले उत्पादनलाई पिग फलाम भनिन्छ किनाकि यसमा ठूलो मात्रामा कार्बन हुन्छ। दोस्रो चरणमा, फलाममा कार्बनको मात्रा घटाइन्छ।[४]
ब्लास्ट फर्नेस भनेको फलाम पगाल्ने भट्टी हो। यसमा हेमाटाइट (फलामको खनिज), कोक (कोईला) र तातो हावा (९०० डिग्रि )को प्रयोग गरिकार्बन मोनोअक्साइड निर्माण गरिन्छ।
विश्वव्यापी धातु उत्पादनको ९०% जति फलामले ओग्ट्छ। यसको कम लागत र उच्च शक्तिका कारणले शक्तिहरूको सामना गर्न यसको प्रयोग गरिन्छ, जस्तै मेसिनरी र मेशिन उपकरणहरू, रेलहरू, अटोमोबाइल्स, जहाजढलान, र भवनहरू। शुद्ध फलाम एकदम नरम भएकोले यसको शक्ति बढाउन प्राय: अरु तत्त्वहरू मिसाइन्छ।[५]
फलाम शरिरलाई चाहिने एक मुख्य खनिज हो। रातो मासु, दाल, सिमी, कुखुरा, माछा, पात तरकारी, टोफु आदि यसका सोर्त हुन्।[६] फलामको पर्याप्त मात्रा नपुगेमाएनीमियारक्तअल्पता हुन्छ।[७]
↑Demazeau, G.; Buffat, B.; Pouchard, M.; Hagenmuller, P. (१९८२), "Recent developments in the field of high oxidation states of transition elements in oxides stabilization of Six-coordinated Iron(V)",Zeitschrift für anorganische und allgemeine Chemie491: 60,डिओआई:10.1002/zaac.19824910109।