प्लेग एउटा प्राणघाती संक्रामक रोग हो । यसको कारणYersinia pestis नामको जीवाणु जसको नाम फ्रान्सेली-स्विस जीवाणु वैज्ञानिकAlexandre Yersin नाममा राखिएको हो ।[१] यी जीवाणुका वाहक मुसा, लोखर्के आदि कृंतकह हरूमा (विशेष गरी मुसामा) पाइनेउपियाँ लाई आफ्नो प्रवाहको माध्यम बनाउँछन । इतिहासमा यो रोगका धेरैमहामारी फैलिएका छन् । १४ औँ शताब्दीकोकालो मृत्यु कोमहामारी ले विश्वका विभिन्न भागका जनसँख्यालाई तहसनहस बनाएको थियो । सन् २००७ सम्म, यदि कुनै स्थानमा रोग लागेको थाहा पाइएमाविश्व स्वास्थ्य सङ्घ लाई सूचना दिनु पर्ने तीन रोगहरु मध्येको एक रोग हो । बाँकी दुई चाहिँहैजा रपहेँलो ज्वरो हुन ।[२]
फोक्सोमा संक्रमण भएमा अथवा सरसफाई वा अन्य स्वास्थ्य सम्बन्धी वातावरण खराब भएमा यो रोग हावाबाट सिधै पनि सर्न सक्छ । रोगी सँगको संसर्ग वा संक्रमीत भएको तर राम्रो सँग नपाकेको खाद्यान्नको सेवन अथवा जीवाणु युक्त सरसामग्रीको प्रयोग आदि मार्फत पनि एक अर्कामा सर्न सक्छ । प्लेगका लक्षणहरु शरीरका संक्रमण क्षेत्रमा भर पर्छन , जस्तैलसीका ग्रंथि प्लेग मा लसीका गाँठ,रक्त वाहिका प्लेग मा रक्त वाहिकाहरु, रफोक्सो प्लेग मा फोक्सो आदि स्थानहरूमा रोगका लक्षण देखिन्छन । यो रोग अझै पनि विश्वका विभिन्न भागमाव्याप्त छ ।
रोगहरूको अध्ययनको सिलसिलामा आजकल शरीरमा विशेष किसिमा आउने घाउहरु जसलाईbubo भनिन्छ, जो जीवाणुहरूको संक्रमण द्वारा हुने गर्छन, ती रोगहरूलाई प्लेग भनिन्छ । तर ऐतिहासिक रूपमा जुनसुकैमहामारी निम्ताउने संक्रमणलाई प्लेग भन्ने गरिन्थो । प्लेग अक्सरलसीका ग्रंथि प्लेग पर्याय मानिन्छ तर लसीका ग्रंथिको संक्रमण धेरै प्रकार मध्ये एक किसिमको मात्र प्रकटीकरण हो । यो रोगलाई अन्य नामहरूबाट पनि व्याख्या गर्ने गरिन्छ, जस्तै "कालो प्लेग" वाकालो मृत्यु । विशेषज्ञ हरूले यो रोगको दोश्रो भयावह महामारी, जुन १४ औँ शताब्दीमा फैलिएर विश्व भर तहसनहस गरेको थियो, लाईकालो मृत्यु भन्ने गर्छन् ।
Yersinia pestisजीवाणु(जुन पेटको बीचमा गाढा पदार्थको रूपमा देखिएको छ )द्वारा संक्रमीत पुर्वेली मुसे उपियाँ (Xenopsylla cheopis) । यो उपियाँको पेटको अगाडिको भाग(proventriculus),Y. pestisजीवजालीले थुनिएको छ । जब यो उपियाँ निरोगी होस्टबाट रगत खान खोज्छ, यो जीवजाली घाउमा ओकलिन्छ र रोगको सँक्रमण हुन्छ ।
Y. pestis जीवाणुको एकबाट अर्कोमा सर्ने विस्तृत प्रकृया सन् १८९८ माPaul-Louis Simond ले स्थापित गरेका थिए । यो प्रकृयामा उपियाँ (Xenopsylla cheopis) को टोकाई सँलग्न हुन्छ । रोगीको रगत भोजन गरेको केहि दिन पछि उपियाँकोमध्य पेट लगातार विभाजन भएरहेका Y. pestis जीवाणुका कारण थुनिन जान्छ । यो थुनाको कारण उपियाँ चौपट भोकाउँछ र आक्रामक तरिकाले खाने प्रकृया थाल्छ र यो थुना हटाउनकोलागि भरमार बल लगाएर ओकल्छ जसको कारण नयाँ ब्यक्ति (वा अन्य host) मा हजारौं Y. pestis का जीवाणुहरु सर्दछन र रोगको संक्रमण हुन्छ । लसीका ग्रंथि महामारी प्रकृया अन्य दुई जातिका कृंतक (मुसा, लोखर्के आदि ) हरूमा पनि आधारित भएको पाईयो । ती मध्ये एक प्रजाति जुनमा जो जीवाणुको संक्रमण पछि पनि रोग लाग्दैन, यो host को रूपमा काम गर्छ र जीवाणुलाई जीवन्त राख्ने काम गर्छ । अर्को कृंतक मा यो रोग निरोधक क्षमता हुँदैन र संक्रमण पछि रोग लागेर मर्छ । जब दोश्रो कृंतक प्रजाति मर्छ, यो जीवाणु पहिलो प्रजातिको host मा सर्दछ र जीवन्त रहन्छ ।
Yersinia pestisजीवाणुग्रस्त उपियाँले टोकेरY. pestis जीवाणु सरेको बालक । उपियाँले टोकेको ठाउँमा घाउ भएको छ ।
Y. pestis को निरोगी ब्यक्तिहरूमा संक्रमण निम्न तरिकाहरु मध्ये कुनै एक हुन सक्छ[४]
थोपाहरूको संसर्ग : अर्को ब्यक्ति तिर फर्किएर गरिएको खोकी वा हाछिउँ
प्रतक्ष भौतिक संसर्ग : रोगी सँगको प्रतक्ष स्पर्श वा यौन सम्पर्क
अप्रतक्ष भौतिक संसर्ग : रोगी सँग सम्पर्कमा आएका पदार्थ वा स्थान सँगको स्पर्श
हावा द्वारा फैलिएका जीवाणुहरूको कारण
दिसा वा मौखिक कारण : विशेष गरी प्रदुशीत पानी वा खाद्यान्नको सेवन
वाहकहरु द्वारा : कीट वा जनावर जस्ता वाहकहरु मार्फत सारिएर
यो रोग संक्रमणको प्राकृतिक क्षेत्र (natural foci)हरू अस्ट्रेलिया वाहेक सबै महाद्विप मा पर्दछन ।Yersinia pestis जीवाणु यी प्राकृतिक क्षेत्र का जनावरहरु ( विशेष गरी मुसा, लोखर्के आदि कृंतकहरू ) मा सञ्चारित पाईन्छ । यो रोग संक्रमणको प्राकृतिक क्षेत्र पृथ्विको उत्तरी अक्षांश ५५ डिग्री र दक्षिणी अक्षांश ४० डिग्री विचको उष्णदेशीय र उप-उष्णदेशीय तथा केहि न्याना शीतोष्ण प्रदेशहरूको एक व्यापक पट्टी पर्दछ ।
मानव प्लेग विश्वमा विरलै हुने भएकोले उच्च सम्वेदनशील समुहहरु बाहेक सामान्य जनतामा प्रतिरक्षणको कुनै आवश्यकता छैन। प्रतिरक्षणको सिफारिश निम्न समुहलाई मात्र गरिएको छ । १)Y. pestis जीवाणुसँगको संसर्गमा आउने प्रयोगशाला कर्मीहरु २)Y. pestis को हावामा उडन प्रयोग ( aerosol experiments ) मा सँलग्न ब्यक्तिहरु ३) यो जिवाणु पाईने ईलाकामा क्षेत्रीय कार्यमा सँलग्न व्यक्तिहरु जसकोलागि जीवाणुको सम्पर्कमा नआउन सम्भव हुँदैन ।
यदि समयमा पत्ता लागेमा विभिन्न प्रकारका प्लेगहरूमा एन्टीबायोटिक औषधिहरु द्वारा गरिने उपचारको राम्रो प्रभाव पर्छ । प्रायस प्रयोग गरिने एन्टीबायोटिक औषधिहरुस्ट्रेपटोमाइसिन,क्लोरामफेनिकोल रटेट्रासाइक्लिन हुन । नयाँ पीढीका एन्टीबायोटिक औषधिहरु जस्तैजेन्टामाइसिन रडोक्सिसाइक्लिनहरू प्लेगकोmonotherapy उपचार (एक किसिमको मात्र औषधिको प्रयोग गरेर गरिने उपचार) मा प्रभावकारी साबित भएका छन ।[६]
प्लेगको सबभन्दा प्राचीन उल्लेख यहुदीहरूको बाईबलमा भएको पाइन्छ। उक्त उल्लेख अनुसारArk of the Covenant (भगवानका १० आज्ञाहरु अंकित शीलापत्र राखिएको बाकस) इसरायलका सन्तान हरूबाट चोरी गरेको कारण फिलिस्तिनी हरूलाई प्लेग लागेको थियो ।
सन् ५४१ - ५४२ मा पूर्वी रोमन साम्राज्य (Byzantine Empire) मा ठूलो महामरी फैलियो । आधुनिक इतिहासकारहरूले यो महामारीलाईजस्टिनियन को महामारी नामाकरण गरे , त्यस बेला पूर्वी रोमन साम्राज्यका महाराजा जस्टिनियन प्रथम थिए। राजधानी कन्सटाटिनोपल (Constantinople) समेत विभिन्न स्थानमा धेरै मानिसहरूको ज्यान गयो । महामारीमा कति मानिसहरू मरे भन्ने यथार्थ जानकारी हुन गाह्रो छ तर महामारीको पराकाष्टमा कन्सटाटिनोपल मा मात्र दैनिक ५००० मानिसहरूको मृत्यु भएको थियो । सायद यो महामारीबाट पूर्वी भूमध्य सागर का एक चौथाई मानिसको ज्यान गएको थियो । आधुनिक अध्ययनबाट उक्त महामारी प्लेग (bubonic plague) भएको निधो भएको छ । मिस्रबाट ल्याइएका खाद्यान्नका जहाज सँग आएका मुसा हरू द्वारा उक्त महामारी कन्सटाटिनोपलमा फैलिएको मानिन्छ । यो चरणको महामारी केहि कम घातक बनेर केहि स्थान हरूमा सन् ७५० सम्म घरिघरि हरेक पींढीमा दाहोरिर आएको थियो ।
दोश्रो महामारी : १४ औँ शताब्दी देखि १९ औँ शताब्दी सम्म
"Der Doktor Schnabel von Rom" ("रोमको डाक्टर चुच्चो")। यो चुच्चो वास्तवमा आदिमग्यास मुखुन्डो थियो, यसमा विभिन्न किसिमका मसला तथा जडिबुटी भरिएका हुनेथिए , यी पदार्थले प्लेग भगाउँछन भन्ने धारणा थियो !
सन १३४७ - १३५१ मा यूरोपमा फैलिएको लसीका ग्रंथि प्लेग -कालो मृत्यु को मान चित्र । यो महामारी चीनमा (कुनै विवरण अनुसार मध्य एसियामा) सुरु भएर सन १३४७ माकालो सागर मा पुग्यो
↑G. Christakos,Interdisciplinary Public Health Reasoning and Epidemic Modelling: the Case of Black Death (シュプリンガー・ジャパン株式会社, 2005),ISBN 3-540-25794-2, pp. 110–14.
↑Plague Manual: Epidemiology, Distribution, Surveillance and Control, pp. 9 and 11. WHO/CDS/CSR/EDC/99.2
↑Haffkine, W. M. 1897. Remarks on the plague prophylactic fluid. Br. Med. J. 1:1461
↑Mwengee W; Butler, Thomas; Mgema, Samuel; Mhina, George; Almasi, Yusuf; Bradley, Charles; Formanik, James B.; Rochester, C. George (२००६), "Treatment of Plague with Genamicin or Doxycycline in a Randomized Clinical Trial in Tanzania",Clin Infect Dis42 (5): 614–621,डिओआई:10.1086/500137,पिएमआइडी16447105।