यो लेखलाई स्पेनीबाट नेपाली भाषामाअनुवाद गर्न आवश्यक छ। यो लेख नेपाली भाषामा नभएर स्पेनीमा लेखिएको हुनसक्छ। यदि यो भाषा स्पेनी समुदायका पाठकहरूको लागि हो भने, यस भाषामा योगदान गर्न विकिपिडियामा योगदान गर्नुपर्दछ।विकिपिडियाहरूको सूची हेर्नुहोस्।
इस्तर टापु र सालास इग्रिएगा गोमेस; १२,५०,००० वर्ग किलोमिटर (४,८०,००० वर्ग माइल) कुमेरू महादेशमा दावी गरिएका क्षेत्रहरू समावेश नगरिएको।
चिली आधिकारिक रूपमा गणतन्त्र चिली, (स्पेनी: República de Chile), (उच्चारण = रेपुब्लिका दे चिली), दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित एक राष्ट्र हो। यसले पूर्वमा आन्देस र पश्चिममा प्रशान्त महासागरको बीचमा लामो, साँघुरो भूभाग ओगटेको छ। चिलीले ७,५६,०९६ वर्ग किलोमिटर (२,९१,९३० वर्ग माइल) क्षेत्र ओगटेको छ र सन् २०१७ मा देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको थियो भने देशको सबैभन्दा ठूलो सहर र राजधानी सान्तिआगो हो। देशको राष्ट्रिय भाषास्पेनी हो।[१०]
चिलीले उत्तरमा पेरू, उत्तर-पूर्वीमा बोलिभिया, पूर्वमा अर्जेन्टिना र टाढा दक्षिणमा द्राके जनमार्गसँग सीमाना साझेदारी गरेको छ। चिलीको अधिनमा हुआन फेर्नान्देस, सालास इग्रिएगा गोमेस, देसभेन्तुरादास, र ओसिनियाको इस्तर टापु लगायतका क्षेत्रहरू छन्।[११] चिलीले कुमेरू महादेशको क्षेत्र अन्तर्गत १२,५०,००० वर्ग किलोमिटर (४,८०,००० वर्ग माइल) दाबी गरेको छ। यसको समुद्रीतटको लम्बाई ६,४३५ किलोमिटर छ। यसले समुद्री क्षेत्रमा सार्वभौमिकताको दाबी गरेको छ जहाँ यसले विशेष अधिकारहरूको प्रयोग गर्दछ। यसले चार क्षेत्रहरू समेट्छ जसमा क्षेत्रीय समुद्र (१,२०,८२८ वर्ग किलोमिटर), मिश्रित क्षेत्र (१,३१,६६९ वर्ग किलोमिटर), विशेष आर्थिक क्षेत्र (३६८१८९८ वर्ग किलोमिटर) र सम्बन्धित महाद्वीपीय क्षेत्र (१६१३३८ वर्ग किलोमिटर) समावेश छन्।,[१२]
स्पेनले १६औँ शताब्दीको मध्य तिर यस क्षेत्रलाई कब्जा गरेको थियो र शासनको सट्टामा उपनिवेश बसाएको थियो।[१३][१४] स्पेनले हाल दक्षिण मध्य चिलीमा बसोबास गर्ने स्वतन्त्र मापुचेलाई जित्न भने असफल भएको थियो। सन् १९१३ मा, स्पेनबाट स्वतन्त्र भए पश्चात्, चिली सन् १९३० को दशकमा एक अपेक्षाकृत स्थिर अधिनायक गणतन्त्रको रूपमा देखा परेको थियो।[१५][१६] १९औँ शताब्दीमा, चिलीले महत्त्वपूर्ण आर्थिक र क्षेत्रीय बृद्धि हासिल गर्ने क्रम जारी राखेको थियो, जसले सन् १८८० मा मापुचेको प्रतिरोधको अन्त्य गरेको थियो र पेरू र बोलिभियालाई पराजित गरेपछि यसले प्रशान्त महायुद्ध (सन् १८७९–८३) मा यसको हालको उत्तरी क्षेत्र प्राप्त गरेको थियो। सन् १९६० र १९७० को दशकमा, देशले गम्भीर राजनीतिक ध्रुवीकरण र उथलपुथलको सामना गरेको थियो।[१७]
यसलाई विश्व वैङ्कले एक उच्च आय भएको देश मान्दछ र केन्द्रिय खुफिया आयोगद्वारा यसलाई विकसित देश मानेको छ।[१८] देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको छ भने देशको औसत साक्षरता दर लगभग ९८% रहेको छ। जीवनको गुणस्तर, आर्थिक वृद्धि, मानव विकास सूचकाङ्क, औसत आयु र प्रति व्यक्ति आयका हिसाबले यो विकसित देशहरू मध्य गनिन्छ। चिली आयको स्तरको साथ एक उच्च आयको अर्थव्यवस्था हो।[१९] यो दक्षिण अमेरिकाको सबैभन्दा आर्थिक र सामाजिक रूपले स्थिर र समृद्ध राष्ट्रहरू मध्ये एक हो र यसले दक्षिण अमेरिकी राष्ट्रहरूलाई प्रतिस्पर्धाको दर, प्रतिव्यक्ति आय, विश्वव्यापीकरण, शान्ति, आर्थिक स्वतन्त्रता र भ्रष्टाचारको कम धारणाको स्तरमा अग्रसर गराउँदछ।[२०] यो राज्यको स्थायित्व र लोकतान्त्रिक विकासमा पनि उच्च क्षेत्रीय स्थानमा छ।[२१]सबैभन्दा कम हत्या दर भएको हाल यो क्यानाडा पछि दोस्रो अमेरिकी देश हो।चिली संयुक्त राष्ट्र सङ्घ, दक्षिण अमेरिकी राष्ट्र सङ्घ, तालिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय र प्रशान्त गठबन्धनका संस्थापक सदस्य पनि हो र सन् २०१० मा यो आर्थिक सहयोग र विकास सङ्गठनमा सामेल भएको थियो।[४][२२]
↑"100 peso Coin",चिलीको केन्द्रीय बैङ्क,मूलबाट १० मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२।
↑Central Intelligence Agency (२०१६),"चिली",विश्व तथ्य पुस्तक, भर्जिनिया: केन्द्रीय खुफिया आयोग, अन्तिम पहुँच २९ जनवरी २०१७।वेब्याक मेसिनअभिलेखिकरण ६ नोभेम्बर २०१५ मिति
↑Hudson, Rex A., सम्पादक (१९९४)। "Chile: A Country Study" (स्पेनी भाषा)। वासिङ्टन डिसी: GPO for Biblioteca del Congreso de Estados Unidos।|युआरएल= अनुपस्थित वा खाली (मद्दत);|पहुँच-मिति= को|युआरएल= प्रायोजन (मद्दत)