क्योटो (京都市,Kyōto-shi,pronounced [kʲjoːꜜto.ɕi] (सुन्नुहोस्);ब्रिटिस:/kɪˈoʊtoʊ/,अमेरिकी:/kiˈoʊ-/, वा/ˈkjoʊ-/[१])होन्शु टापुको मध्यमा अवस्थितजापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानकोराजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनिहजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।
विशाल मन्दिरहरू, कलात्मक भवनहरूको लागि क्योटो सम्पूर्ण जापानमा प्रसिद्ध छ । यहाँरेशमको कपडा,चिनिया माटोको भाडा, खेलौना र अन्य प्रकारका धातुका भाडाकुडाको उद्योग अधिक विकसित छन् । यो जापानमाबौद्ध धर्मको सबैभन्दा ठुलो केन्द्र हो ।
जापानी भाषामा यस सहरलाईक्यो (京),मियाको (都), वाक्यो नो मियाको (京の都) भनिन्छ । ११औँ शताब्दीमा, यो सहरको नाम चिनिया शब्दकोjingdu (京都) राजधानीबाट क्योटो (राजधानी सहर) राखियो ।[२]
यद्यपि पुरातात्त्विक प्रमाणहरूले क्योटोमा मानिसको बसोबास पालियलिथिक समय देखि नै शुरू भएको देखाउछ, तर उक्त स्थानमा मानव गतिविधिको बारेमा पत्ता भने ६ औँ शताब्दी भन्दा अघि शिमोगामो श्रिनको पालोको समयको देखिन्छ ।
सन् २०१५ को जापानको जनगणना अनुसार क्योटोको जनसङ्ख्या १४,७४,५७० रहेको छ ।[३] ऐतिहासिक रूपमा क्योटो जापानको सबैभन्दा ठुलो सहर रहेको थियो जसलाई १६औं शताब्दीमा आएरओसाका रएडो (टोक्यो)ले पछाडी पारे । युद्धको समयमाकोबे रनागोया क्रमसः चौथौ र पाँचौ ठुलो सहरसँग यसको व्यापारिक सम्बन्ध रहेको थियो । सन् १९४७ मा यो तेस्रो, सन् १९६० मा पाँचौ, सन् १९९० मा सातौँ र सन् २०१५ मा आएर यो जापानको ९औं ठुलो सहर बन्न पुगेको हो ।
हुनत क्योटोमा कुनै पनि विमानस्थल छैन, तर भ्रमण गर्ने यात्रीहरूकानसाई अन्तर्राष्ट्रिय विमानस्थल तथाओसाका अन्तर्राष्ट्रिय विमानस्थलबाट यस सहर प्रवेश गर्न सक्छन् । जेआर पश्चिमद्वारा कानसाई विमानस्थल एक्सप्रेस, हारुका सञ्चालित रहेको छ जसले कानसाई विमानस्थलबाट क्योटो स्टेसन ७३ मिनेटमा पुगाउने गर्दछ ।[४]
*अन्तरमहादेशीय राष्ट्र † इजरायल र प्यालेस्टाइन दुवै राष्ट्रजेरुसेलमलाई आफ्नो राजधानीको रुपमा मान्यता दिएको छ ।तेल अविवमा सबैभन्दा बढी विदेशी राजदुतावास छ भनेरमाल्लाह प्यालेस्टाइनको प्रसासनिक सिट हो ।