इजरायल दक्षिण पश्चिम एसियाको एक स्वतन्त्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइनबाट बेलायती शासनको अन्त्य भए पछि बनेको हो। यो राज्य भूमध्य सागरको पूर्वी तटमा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्वमा लेबनन एवम् सीरिया, पूर्वमा जोर्डन, दक्षिणमा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र(इजिप्ट) छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानीतेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य सहर हो। यहाँको राजभाषाहिब्रु हो।
इजरायलकाहिब्रू रअरबी गरेर दुईवटा आधिकारिक भाषाहरू छन्। हिब्रु यहाँको मुख्य भाषा हो र अरबी अरबहरूले मात्र बोल्छन्। हिब्रु अरबी विद्यालयहरूमा सिकाइएको छ।
प्राकृतिक साधनहरूको अभाव रहेको इजरायलको आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवम् साना उद्योगहरूमा आश्रित छ। सिँचाइद्वारा सुख्खा क्षेत्रहरूलाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन् १९६८-७० मा १०,५८,००० एकड थियो।तेल अभीभ इजराइलको प्रमुख उद्योग केन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरूको विकास भएको छ। हाइफा क्षेत्र मा सिमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवम् विद्युत् वस्तुहरूका कारखानाहरू छन्। जेरूसेलम हस्तकला एवम् मुद्रण उद्योगको लागि विख्यात छ।