Movatterモバイル変換


[0]ホーム

URL:


तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

मंसिर २८, २०७८ मंगलबार १९:४३:०

तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

जनकपुरधाम : तराई मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा पुनः दर्ता भएको छ। रविशंकर कुमार कर्ण नेतृत्वको समुहले निर्वाचन आयोगमा पुगी नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले तराई मधेश लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको हो।

तराई मधेश लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मंसिर ९ गते निर्णय भएकोले दल दर्ताको प्रमाणपत्र दिइएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए।

कर्णले गत साउन १२ गते नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। त्यसका लागि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गर्न आज बोलाएको थियो। तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा रहने बताइएको छ। त्यस्तै, पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहने जनाइएको छ।

चुनाव चिह्न कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको जनाइएको छ। आयोगमा यस दलको दर्ता नम्बर १७५ रहेको छ।  यसअघि नेपाली कांग्रेस परित्याग गरेर मधेश आन्दोलनमा लागेका महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गराएका थिए।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा ठाकुर नेतृत्वको तत्कालीन तमलोपाले भाग लिएको थियो। दुबै संविधानसभा निर्वाचन छुट्टाछुट्टै लडेका ६ वटा मधेश केन्द्रित दल २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.


[8]ページ先頭

©2009-2025 Movatter.jp